कुयलघारी, ३० वैशाख । चितवनको इच्छाकामना गाउँपालिकाको सबैभन्दा कम मतदाता भएको मतदान केन्द्रमा ७० प्रतिशत मत खसेको छ। गाउँपालिकाको वार्ड नं. ६ स्थित कुयलघारी मतदान केन्द्रमा दिउसो १ बजेसम्ममा ७० प्रतिशत मत खसेको हो । जम्मा ३७४ मतदाता रहेको उक्त मतदान केन्द्रमा २५९ मत खसिसकेको मतदान अधिकृत सुजन अर्यालले जानकारी दिए।