Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मौन अवधिमा पैसा बाड्दै हिडेको आरोपमा काँग्रेसका वडासदस्य उमेद्वार श्रेष्ठ चढेको गाडी गोरखा गण्डकी गाउँपालिकाको दर्बुङबाट नियन्त्रणमा

मौन अवधिमा पैसा बाड्दै हिडेको आरोपमा काँग्रेसका वडासदस्य उमेद्वार श्रेष्ठ चढेको गाडी गोरखा गण्डकी गाउँपालिकाको दर्बुङबाट नियन्त्रणमा

इच्छाकामना न्युज

२९, बैशाख २०७९
मौन अवधिमा पैसा बाड्दै हिडेको आरोपमा काँग्रेसका वडासदस्य उमेद्वार श्रेष्ठ चढेको गाडी गोरखा गण्डकी गाउँपालिकाको दर्बुङबाट नियन्त्रणमा
images

गोरखा, २९ वैशाख । नेपाली कांग्रेसका उमेद्वारसहित गाडीलाई नियन्त्रणमा लिएर स्थानीयले प्रहरीलाई बुझाएका छन् ।

images
images

बिहिबार गण्डकी गाउँपालिका वडा नम्बर ५ दर्बुङबाट कांङग्रेसका वडासदस्य उमेद्वार रत्नमान श्रेष्ठसहितका टोलीलाई स्थानीयले रोकेर प्रहरीलाई बुझाएका हुन् ।

मौन अबधीमा गाडी भाडामा लिएर मतदातालाई पैसा बाँड्न हिँडेको भन्दै माओवादी निकट स्थानीयले रोकेर प्रहरीलाई बुझाएका हुन् ।

श्रेष्ठ गण्डकी गापा वडा नम्बर ५ मा नेपाली कांग्रेसको तर्फबाट वडा सदस्य पदका उमेद्वार हुन् । उनीसँगै सो वडाका कांग्रेस वडा सचिब जिबनाथ खनाल, बहादुर गुरुङ लगायतको टोली बा २० च ४४०० नम्बरको बोलेरो जीपमा सबार थिए ।

स्थानीयले खबर गरे लगत्तै घ्याल्चोक प्रहरी चौकीबाट प्रहरी टोली घटना स्थल पुुगेको र जीप नियन्त्रणमा लिएको ईन्सपेक्टर ज्ञानेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘स्थानीयले फोन गरेपछि हाम्रो टोली घटना स्थल पुगेको थियो । ६ जना कांङ्ग्रेसका टोलीहरु जीपमा रहेछन् । उनीहरुलाई छाडेर जीप नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छौँ’, ईन्सपेक्टर श्रेष्ठले भने ।

images
प्रकाशित मिति :बैशाख २९, २०७९ बिहिवार - १८:१२:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology