Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

जजिरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २ जेठमा पहिलो उडान गर्ने

जजिरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २ जेठमा पहिलो उडान गर्ने

images

इच्छाकामना न्युज

२८, बैशाख २०७९
जजिरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २ जेठमा पहिलो उडान गर्ने
images

काठमाडौं, २८ वैशाख । जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २ जेठ (१५ मे) बाट औपचारिक उडान सुरू गर्ने भएको छ । जजिरा एयरवेजले साउदी अरबको रियाद, दमाम, जेद्दा र मदिना सहरबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा १५ मेदेखि उडान सञ्चालन गर्न लागेको हो ।

बुद्ध जयन्तीको अवसर पारेर २ जेठबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदैछ । सोही दिन जजिरा एयरवेजले पहिलो उडान गर्न लागेको हो ।

आगामी जुन महिनादेखि रियाद, दमाम, जेद्दा र मदिना सहरबाट नियमित उडान सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको हो । जजिरा एयरवेजले सातामा तीन उडान गर्ने भएको छ । भैरहवादेखि कुवेत र कुवेतदेखि भैरहवा गरी साताको तीन उडान गर्नेगरी जजिरा एयरवेजले उडान तालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको तालिकाअनुसार आइतबार, मंगलबार, बिहीबार कुवेतबाट भैरहवा आउनेछ । त्यस्तै सोमबार, बुधबार र शुक्रबार भैरहवाबाट कुवेतका लागि उडान हुनेछ ।

images
प्रकाशित मिति :बैशाख २८, २०७९ बुधवार - २०:३६:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology