फिस्लिङ, २७ वैशाख । आसन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेले इच्छाकामना ३ को वडाध्यक्षमा पुनः नर बहादुर नेपाललाई उम्मेद्वार बनाएको छ ।
आखिर को हुन् त नेपाल ?
वि.सं. २०२६ साल चैत्र १८ गते साविक चण्डि भन्ज्याङको इच्छाकामना मन्दिर नजिकैको गाउँमा जन्मिएका नरबहादुर नेपालको राजनीतिक सुरुवात २०४४ सालको विद्यार्थी राजनीतिबाट भएको हो ।
नेकपा एमालेको वडादेखि नेतृत्व गर्दै आएका नेपाल हाल नेकपा एमाले इच्छाकामना गाउँपालिकाको पार्टी उपाध्यक्ष समेत रहेका छन् । वडा अध्यक्षका उम्मेदवार नेपाल विभिन्न सामाजिक संघ संस्थामा समेत आवद्ध रहेका छन् ।
दारेचोक साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष, जिल्ला कृषि सहकारी संघकाअध्यक्ष तथा सर्व शान्तिमा.वि.को ३ पटक सम्म लगातार विद्याल यव्यवस्थापन समितिको सदस्य भई काम गरिरहेका छन् ।
सर्व शान्ति क्याम्पसको उपाध्यक्ष समेत रहेका उम्मेदवार नेपाल उद्योग संघ इकाई समिति, इच्छाकामनाका अध्यक्ष एवं चितवन उद्योग संघका जिल्ला सदस्य समेत रही सामाजिक कार्यमा संलग्न भई रहेका छन् ।
नवयुग परिवार क्लबको ३ कार्य कालका अध्यक्ष भइ सकेका नेपाल चारपाते यूवा क्लबको पनि पूर्व अध्यक्ष हुन् । इच्छाकामना क्षेत्रका सामाजिक व्यक्तित्व वडा नं. ३ का वडा अध्यक्षका उम्मेदवार नेपाल विभिन्न संघ संस्थामा संलग्न भई सामाजिक काम गरिरहेका छन् ।