Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामनामा एमालेले जिते चेपाङ र दलितलाई बिजुली महशुलमा आधा छुट, वृद्व भत्ता ५ हजार पुर्‍याईने

इच्छाकामनामा एमालेले जिते चेपाङ र दलितलाई बिजुली महशुलमा आधा छुट, वृद्व भत्ता ५ हजार पुर्‍याईने

इच्छाकामना न्युज

२६, बैशाख २०७९
इच्छाकामनामा एमालेले जिते चेपाङ र दलितलाई बिजुली महशुलमा आधा छुट, वृद्व भत्ता ५ हजार पुर्‍याईने
images

कुरिनटार, २६ वैशाख । गाउँपालिकामा सबैभन्दा बढी जनसंख्या भएको चेपाङ समुदायलाई नेकपा (एमाले) इच्छाकामनाले विद्युत महसुलमा ५० प्रतिशत छुट दिने घोषणा चुनावी प्रतिबद्धतापत्रमा गरेको छ ।

images
images

यो सुविधा दलित समुदायलाई पनि हुने एमालेले उल्लेख गरेको छ । गाउँपालिका जितेपछि एमालेले आफ्ना कार्यक्रमलाई शिक्षा र स्वास्थ्यमा जोड दिने उल्लेख गरेको छ ।

समृद्ध इच्छाकामना निर्माणका निम्ति नेकपा (एमाले)ले अघि सारेका शिक्षा र स्वास्थ्यका योजनाअनुसार वडा तहमा आधा घण्टाको दूरीमा बाल सिकाइ केन्द्र सञ्चालनको व्यवस्था मिलाइने, विद्यालयहरूमा आवश्यकताका आधारमा कम्तिमा एक सेट कम्प्युटर/ल्यापटप, प्रिन्टरसहित इन्टरनेट सेवा उपलब्ध हुने व्यवस्था मिलाइने, विद्यालयहरूमा माग र आवश्यकताका आधारमा प्राविधिक धारको शिक्षण सञ्चालन गर्ने व्यवस्था मिलाइने घोषणापत्रमा उल्लेख छ ।

पहाडी क्षेत्रमा विद्यालय छाड्ने दरमा सुधार गर्न विभिन्न कार्यक्रमसहित योजना ल्याइने, विद्यार्थीको अनुपातमा आवश्यक विषयगत शिक्षक दरबन्दी आपूर्तिको व्यवस्था मिलाइने, हरेक विद्यालयमा बालिकामैत्री शौचालयको व्यवस्था, सेनिटरी प्याडको नियमित र भरपर्दो वितरणको व्यवस्था मिलाइने घोषणापत्रमा उल्लेख छ ।

त्यस्तै हरेक विद्यालयमा एक नर्स (स्वास्थ्य परिचालिका)को व्यवस्था गर्ने, शैक्षिक सिकाइ उपलब्धिका आधारमा शिक्षक प्रोत्साहनको योजना ल्याइने, शिक्षामा नागरिक पहुँच पुर्याइने, पोषणसहितको प्रारम्भिक बाल विकास तथा शिक्षाको पहुँच हुने व्यवस्था मिलाइने एमालेका अध्यक्ष  उम्मेदवार दानबहादुर गुरुङले बताए ।

स्वास्थ्य सेवातर्फ गरिबीको रेखामुनि रहेका नागरिकहरूका लागि निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था मिलाइने र पालिकाभित्रका सबै नागरिकहरूका लागि अनिवार्य स्वास्थ्य बीमाको योजना लागू गरिने उनले बताए ।

आकस्मिक दुर्घटना कोष खडा गरी दुर्घटनामा परेकाहरूका लागि उक्त कोषबाट सहयोग पुर्याइने व्यवस्था मिलाइने र गर्भवती महिलाका लागि आवश्यक पोषण भत्ताको व्यवस्था मिलाइने उपाध्यक्ष उम्मेदवार माया सिलवालले बताइन् ।

इच्छाकामनामा रहेको जिल्लाकै महत्वपूर्ण पयर्टकीय गन्तब्यहरुको प्रचारप्रसार र सुविधाहरु बढाउने गरी पूर्वाधारहरु थपिने एमालेले जनाएको छ । मनकामना माईको दर्शन गर्न आउने पर्यटकहरुलाई चितवनकै अग्लाे डाँडा उपरदाङ्गगढी, सिराइचुली, इच्छाकामना मन्दिरसम्म लैजाने, ती ठाउँहरुमा होमस्टेको प्रवर्द्धन गर्ने, स्थानीय समुदायलाई आवश्यक तालिमसहित दक्षता बढाउने र आयआर्जनसँग जोड्ने काममा गाउँपालिका लाग्ने एमालेले जारी गरेको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

मौवाखोलीदेखि मुग्लिनसम्म त्रिशूली नदीमा जलयात्राको व्यवस्था गर्ने, नदी क्षेत्रका तटीय क्षेत्रमा होटल तथा अन्य पर्यटकीय गतिविधिलाई बढाउन गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने एमालेको प्रतिबद्धतापत्रमा समेटेको छ । खोला तटीय क्षेत्रमा व्यवसायिक खेती गर्न चाहने कृषि फर्महरुलाई सिंचाइको सुविधाका लागि पानी लिफ्ट गर्ने सुविधा गाउँपालिकाले दिनेछ ।

ज्येष्ठ नागरिकहरुलाई वार्षिक ५ हजार उपचार खर्च

ज्येष्ठ नागरिकहरुलाई सरकारले दिने चार हजार रुपैयाँ भत्तासँगै वार्षिक उपचारका लागि गाउँपालिकाले थप ५ हजार रुपैयाँ दिने प्रतिबद्धता घोषणपत्रमा जनाइएको छ । एमालेले गरिबीको रेखामुनि रहेका घरपरिवारको नि:शुल्क बीमा गरिदिने कार्यक्रमसमेत सार्वजनिक गरेको छ । वडागत नि:शुल्क स्वास्थ्य शिविर चलाउने पनि एमालेले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख २६, २०७९ सोमवार - २०:१९:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology