Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

शासक होइन सबै जनताको सेवक बनेर काम गर्छु : दान बहादुर गुरुङ

शासक होइन सबै जनताको सेवक बनेर काम गर्छु : दान बहादुर गुरुङ

images

इच्छाकामना न्युज

२४, बैशाख २०७९
शासक होइन सबै जनताको सेवक बनेर काम गर्छु : दान बहादुर गुरुङ
images

दानबहादुर गुरुङ चितवनका एक चिरपरिचित व्यक्तित्व हुन् ।  चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाबाट अध्यक्ष पदको लागि एमालेबाट दानबहादुर गुरुङले उम्मेदवारी दिएर अहिले चुनावी घरदैलोमा व्यस्त छन् । शिक्षक पेसामा आवद्ध रहेका उनले शिक्षक पेशाबाट राजीनामा दिएर अध्यक्षमा उम्मेदवार दिएका हुन् । उनले पेन्सन पाक्न चार वर्ष बाँकी रहँदा राजीनामा दिए । उनका अनुसार शिक्षण पेशा पनि सेवाको पेशा हो । तर, पनि समाज सेवा गर्ने शिक्षा भन्दा अर्को क्षेत्र राजनीति हो । त्यस्तै अब बाँकी जीवन राजनीतिमा होमिएर गरिब दुःखी जनताको सेवामा समर्पण गर्ने उनको लक्ष्य छ । यसै लक्ष्यलाई पछ्याउँदै निर्वाचनमा होमिएका गुरुङसँग गरिएको कुराकानीको सम्पादित अंश :

-किन उम्मेदवारी दिनु भएको ?
म नेकपा एमालेबाट सर्वसम्मत उम्मेदवार हूँ । म भन्दा १० औँ ठूला अग्रज नेताहरु हुनुहुन्छ तर उहाँहरुले नै मलाई तिमी सर्वसमत भएर उम्मेद्वारी देऊ भन्नु भयो । अरु गठबन्धनका जो सुकै भए पनि उनीहरुलाई परास्त गर्ने मेरो प्रतिबद्धता छ । मलाई लाग्छ ३० औँ वर्षदेखि म यहाँ खेलेको हुर्केको भएकोले मलाई यहाँको दुःखसुख अरुलाई भन्दा बढी थाहा छ । अरु उम्मेदवारले मैले जस्तो यहाँको भूगोल बुझेको छैन । अरुले बुझैका छैन भन्न खोजेको होइन तर यो गाउँपालिकालाई राम्रो सँग मैले बुझेको छु । यो गाँउपालिकालाई म सक्षम बनाउने छु ।

-आगामी दिनहरुमा तपाइँले इच्छाकामनालाई कस्तो बनाउने लक्ष्य राख्नु भएको छ ?
पहिलेकोे स्थानीय तहले राम्रो काम गरेको छ भने म त्यसलाई निरन्तरता दिन्छु । अभैm थप राम्रा काम म गर्छु । उनले एक सय मिटर बाटो पिच गरेको देखाओस् न उनीहरुले पिच ग¥यो भन्ने प्रमाण छैन । तर म सर्वप्रथम आगामी दिनमा इच्छाकामनाको बाटोघाटोमा नयाँ ट्रयाक ल्याउने छु । सबै सम्पन्न गर्ने छु । म यहाँको मेन बाटो जस्तै फिस्लिङकोे बाटो, कुरिनघाटबाट कमेरे जाने बाटो, कुरिनटारबाट नयाँ बस्ती हँुदै लामीडाँडा, सराथोक जाने बाटो, तथा नाग्दी खोलाबाट तामिन आउने बाटो, केबलकारबाट आउने बाटो , मुग्लिनबाट इच्छाकामना जानेबाटो, जलबिरेदेखि चन्डीभन्ज्याङ ढुङ्ग्रे जाने बाटोहरु सुधार गर्ने छु । मैले यो क्षेत्रको बाटोघाटो कालो पत्रे गर्न नसके पनि रोलिङ गरेर उच्च स्तरको ग्रभेलिङ गर्न सक्छु ।

-यहाँको विभिन्न क्षेत्रको विकासमा के गर्नु हुन्छ ?
मैले इच्छाकामना गाँउपालिकाका बासिन्दालाई भनेको छु म यहाँको शासन व्यवस्थाको शासक होइन सबै जनताको सेवक बनेर काम गर्छु । म यहाँको जीवनस्तरलाई कसरी माथि उकास्न सकिन्छ ? यसलाई ध्यान दिन्छु । मान्छेको जीवन सुधार्न विज्ञसँग सल्लाह गरेर इच्छाकामनालाई कसरी समृद्ध बनाउने भन्नेमा मेरो ध्यान केन्द्रित हुन्छ । यहाँ होटल व्यवसायी थुप्रै साथीहरु छन् र आजसम्म उनीहरुलाई प्रोत्सान गर्ने कुनै काम भएको छैन । अब मैले त्यो होटल व्यवसायीहरुलाई सहज हुने गरी विभिन्न ठाउँठाउँमा सूचना राखेर ग्राकहरुलाई राम्रो सुविधा छ भनेर नारायणगढ, काठमाडौँ, सौराहा पोखराबाट आउने पर्यटकले मुग्लिनमा खाना खाने तथा, कुरिनटारमा बस्ने योजना मिलाउने छु । पर्यटकलाई इच्छाकामनामा आएर खाजा, खाना खाने सुत्ने व्यवस्था मिलाउदै यहाँको होटल सञ्चालन राम्रो गराउने छु ।

-गाउँको शिक्षा क्षेत्रमा रहेर के कस्ता काम गर्नु हुन्छ ?
म गाउँको शिक्षा क्षेत्र राम्रो गर्न दरबन्दीको व्यवस्था गर्ने छु । यदि यस क्षेत्रमा विषय गत तथा तहगत दरबन्दीको प्रयोग सक्यो भने यसले यहाँको शिक्षा क्षेत्रमा आमुल परिर्वतन ल्याउछ । शिक्षा हँुदै सिप सिप हुँदै उन्नती विकास हुन्छ जसबाट हामीले इच्छाकामनाको समृद्ध हुन्छ । म विद्ययालय नआउने बालबालिकाको लागि विद्ययालय आउने वातावरण मिलाउनेछु । गाँउमै क्याम्पस बनाउने छु । विद्यालय भवन बनाउने छु , स्वास्थ्य चैकीको स्तर उन्नती गर्ने छु । गाउँमा भएका गरिब पत्ता लगाएर निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था मिलाउने छु । बालबालिकाले भाषा बुझ्ने शिक्षक राख्ने, उनीहरुको रहनसहन बुझ्ने, विद्यार्थीसँग घुलमिल हुने शिक्षक नियुक्त गर्ने र विकट ठाउँका बालबालिकालाई डे बोर्डस्, छात्रबास, निःशुल्क कापी कलम स्टेशनरीको व्यवस्था गरेर हुन्छ कि कसरी हुन्छ । उनीहरुलाई टिकाएर राख्न जरुरी छ । अन्य भैतिक पूर्वधारका अलवा गाँउगाउँमा शिक्षाको विकास गर्न सक्यो भने इच्छाकामना यसै राम्रो हुने मैले ठान्छु ।

-गाउँको कृषि क्षेत्रमा रहेर कस्तो काम गर्नुहुन्छ ?
इच्छाकामनाको दुई तीनवटा गाउँ सुन्तलाको लागि उत्तम क्षेत्र हो । अब आउने दिन यहाँको सुन्तला सारा नेपाल भरी पु¥याउने गरी व्यवस्था गर्छौ । विभिन्न रोगका कारण सुन्तलाको बिरुवा मरेकोले किसान चिन्तित छन् । म यहाँको माटो परीक्षण गरेर दुई तीन वर्षमा सुन्तलालाई कसरी दिगो रुपमा विकास गर्न सकिन्छ त्यसमा केन्दित रहेर काम गर्छु । अनुदानको बजारको व्यवस्थापन गर्न सकिन्छ भन्ने हामी व्यवस्था गर्छौं । तरकारी बजार लाने सहज वातावरण मिलाउने छौं । यसअघि पाँच वर्षको अवधिमा हुनै विकास भएको छैन । वर्षको समयमा तीन महिना बाटो चल्दैन, गाँउपालिकाले जेसीबी किनेको छ तर कहाँ गएर काम गर्छ थाहा हुदैन ।

images
प्रकाशित मिति :बैशाख २४, २०७९ शनिवार - २०:१३:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology