Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

शेखरलाई देउवाको फोन : ‘तपाईँ चितवन आइदिनु पर्यो’ शेखरको जवाफ : ‘भ्याउँदिन’

शेखरलाई देउवाको फोन : ‘तपाईँ चितवन आइदिनु पर्यो’ शेखरको जवाफ : ‘भ्याउँदिन’

images

इच्छाकामना न्युज

२२, बैशाख २०७९
शेखरलाई देउवाको फोन : ‘तपाईँ चितवन आइदिनु पर्यो’ शेखरको जवाफ : ‘भ्याउँदिन’
images

चितवन, २२ बैशाख । चुनावी सभालाई सम्बोधन गर्न भरतपुर पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले डाक्टर शेखर कोइरालालाई टेलिफोन गरि कार्यक्रममा उपस्थित हुन आग्रह गरेका छन् । सभालाई सम्बोधन गर्न बुधबार नै चितवन पुगेका सभापतिसमेत रहेका देउवाले शेखर कोइरालालाई बिहीबार बिहान टेलिफोन गरेका हुन् ।

स्रोतका अनुसार कोइरालाले जवाफमा आउन नभ्याउने बताएका छन् । उनले ढिलो खबर आएकोले आउन नभ्याउने बताएको हुन् । उनले आफ्नो पूर्वनिर्धारित कार्यक्रम विराटनगर रहेकाले चितवन आउन नभ्याउने बताएको स्रोतको भनाइ छ ।

उता कोइरालाको सचिवालयले पनि देउवाले फोन गरेर बोलाएको पुष्टि गरेको छ । जवाफमा कोइराला व्यस्त भएका कारणले जान नसक्ने भनरे भनेको उनको सचिवालयले जनाएको छ । नेपाली काँग्रेसले चुनावी अभियानलाई केन्द्रीत गरेर देशका प्रमुख १० शहरमा कार्यक्रम गरिरहेको छ । उक्त कार्यक्रम अन्तर्गत आज चितवनमा कार्यक्रम छ ।

जसमा देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

images
प्रकाशित मिति :बैशाख २२, २०७९ बिहिवार - १३:३२:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology