Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

भरतपुरमा निर्वाचन जित्न कुनै अप्ठ्यारो छैन : अध्यक्ष प्रचण्ड

भरतपुरमा निर्वाचन जित्न कुनै अप्ठ्यारो छैन : अध्यक्ष प्रचण्ड

इच्छाकामना न्युज

२२, बैशाख २०७९
भरतपुरमा निर्वाचन जित्न कुनै अप्ठ्यारो छैन : अध्यक्ष प्रचण्ड

चितवन, २२ वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरमा निर्वाचन जित्न कुनै अप्ठ्यारो नभएको दाबी गरेका छन् । पाँच दलीय गठबन्धनले भरतपुरमा आयोजना गरेको चुनावी सभामा सहभागी हुन चितवन आएका प्रचण्डले भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग उक्त कुरा बताएका हुन् ।

images

कांग्रेसको असन्तुष्ट पक्षबाट भरतपुरको मेयरमा उमेदवारी दिएका जगन्नाथ पौडेललाई उमेदवारी फिर्ता गराउन अब धेरै बल नगर्ने उनले संकेत गरे । ‘मलाई निर्वाचन जित्न कुनै अप्ठ्यारो हुन्छ झैँ लागेको छैन । धेरै कारणले निर्वाचनको परिणाम गठबन्धनको पक्षमा हुन्छ’, उनले भने ।

गठबन्धन आफ्नो लाइनमा अघि बढिसकेको भन्दै उनले उमेदवारी दिने स्वतन्त्रता कोहि पनि नेपालीलाई रहेको बताए । स्वतन्त्र उमेदवारको विषयमा धेरै चर्चा गर्नुभन्दा गठबन्धन आफ्नो काममा एकताबद्ध भएर अघि बढ्नु उचित हुने उनले बताए ।

भरतपुरमा सत्ता गठबन्धनको तर्फबाट प्रचण्डकी छोरी रेणु दाहाल मेयरको लागि चुनावी मैदानमा छिन् । उपमेयरमा कांग्रेसबाट चित्रसेन अधिकारी उमेदवार बनेका छन् ।

चुनावी सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा ९एकिकृत समाजवादी०का अध्यक्ष माधव कुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

images
प्रकाशित मिति :बैशाख २२, २०७९ बिहिवार - १३:०५:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology