Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

व्यास ५ मा एमाले जोशी समुहको चुनावी सम्पर्क कार्यालयको स्थापना 

व्यास ५ मा एमाले जोशी समुहको चुनावी सम्पर्क कार्यालयको स्थापना 

images

इच्छाकामना न्युज

१६, बैशाख २०७९
व्यास ५ मा एमाले जोशी समुहको चुनावी सम्पर्क कार्यालयको स्थापना 
images

दमौली, १६ वैशाख । बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरि व्यास ५ चापाघाट नेकपा एमाले र जोशी समुहले संयुक्त रुपमा निर्वाचन परिचालन कमिटीको सम्पर्क कार्यालयको स्थापना गरिएको छ ।

कार्यक्रममा बोल्दै मेयरका उम्मेदवार दिपकराज जोशिले व्यासनगरपालिकामा सक्षम नेतृत्वको आवश्यकता रहेको बताउदै अहिलेको नेतृत्वले नगरको बिकास ५ बर्ष पछि पारेको आरोप लगाए ।

त्यस्तै उपमेयरको उम्मेदवार बसुन्धरा घर्तीले  व्यासको नेतृत्व परिवर्तन गरेमा व्यासको बिकास हुने दाबि  गरिन ।

व्यास ५ बाट नेकपा एमालेको वडाअध्यक्ष उम्मेदवार बिष्णुकुमार श्रेष्ठ हिमाल रहेका छन भने वडा सदस्यमा  मनमाया श्रेष्ठ,मनुमाया बिक, मदन पण्डित र जोशी समुहबाट बबिन्द्र खनाल  उम्मेदवार रहेका छन।

images
प्रकाशित मिति :बैशाख १६, २०७९ शुक्रवार - १३:००:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology