Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

टिकट वितरणमा असन्तुष्टि जनाउदै एउटै वडाबाट कांग्रेसका ५७ क्रियाशील सदस्यले दिए राजीनामा

टिकट वितरणमा असन्तुष्टि जनाउदै एउटै वडाबाट कांग्रेसका ५७ क्रियाशील सदस्यले दिए राजीनामा

images

इच्छाकामना न्युज

१५, बैशाख २०७९
टिकट वितरणमा असन्तुष्टि जनाउदै एउटै वडाबाट कांग्रेसका ५७ क्रियाशील सदस्यले दिए राजीनामा
images

धनगढी, १५ वैशाख । टिकट वितरण प्रक्रियामा असन्तुष्टि जनाउँदै धनगढीको एउटै वडाका ५७ जना कांग्रेस क्रियाशील सदस्यहरूले राजीनामा दिएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा पार्टीकै विरुद्ध बागी उम्मेदवारी दिएका बुद्धि खड्कालाई यस पटक वडा अध्यक्षको टिकट दिएको भन्दै धनगढी–४ बाट कांग्रेसका ५७ जना क्रियाशील सदस्यले सामूहिक राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा २०७४ को निर्वाचनमा कांग्रेसबाट विजयी वडा अध्यक्ष दीपकबहादुर थापा क्षेत्री, कांग्रेसका निवर्तमान वडा सभापति अनन्तराज जोशी, पूर्व सभापति छत्र बडैला, निवर्तमान कोषाध्यक्ष इन्दिरा जोशी लगायतका नेता रहेका छन् ।

बिहीबार पत्रकार सम्मलेनको आयोजना गर्दै कांग्रेसमा विधि र पद्धति अन्य भएको र इमानदार कार्यकर्ताको आवश्यकता नरहेको ठहर गर्दै सामूहिक राजीनामा दिएको निवर्तमान सभापति अनन्तराज जोशीले बताए ।

‘अघिल्लो निर्वाचनमा कांग्रेसबाटै उम्मेदवार दिएर पार्टीलाई समाप्त पार्न खोजेका बुद्धि खड्कालाई कारबाही नसकिँदै वडा अध्यक्षको उम्मेदवारी दिइएको छ,’ उनले भने, ‘यसले पार्टीको सिद्धान्त र नीति सकिएको ठहर गर्दै अहिले सामूहिक राजीनामा दिएका हौं ।’ आसन्न स्थानीय तहको निर्वाचनका लागि वडा नम्बर ४ बाट अध्यक्षका लागि ११ को नाम वडा बाट सिफारिस भएकोमा छलफल नै नगरी बागी उम्मेदवारलाई टिकट दिएको उनको आरोप छ ।

आफूहरू ९९ जना क्रियाशील सदस्यलाई उपेक्षा गरी बागी उम्मेदवारलाई नै टिकट दिएकाले पार्टीमा नबस्ने निर्णयसहित सामूहिक राजीनामा दिएको उनीहरूले बताएका छन् ।

वडा नम्बर–४ का पूर्वसभापति छत्र बडैलाले वडामा रहेका योग्य

सदस्यलाई बेवास्ता गर्दै बागी उम्मेदवारलाई आधिकारिकता दिए पनि सबैले राजीनामा दिएको बताए । ‘म ४ वर्षदेखि वडा अध्यक्षका लागि तयारी गरिरहेको थिए,’ उनले भने, ‘तर आज मलाई जानकारी नै नगराएर अन्तिम समयमा केन्द्रबाट नै अर्कैलाई अध्यक्षको उम्मेदवार बनाइएको छ, यसले हामीलाई दुखी बनाएको छ ।’

वडा नम्बर–४ बाट वडा सदस्यमा सिफारिस भएकी इन्दिरा जोशीले मनोनयन गर्ने वेला आफ्नो नाममा टिपेक्स लगाएर अर्कैलाई मनोनयन गर्न लगाएको बताइन् । वैशाख १२ गते दिउसो १ बजेसम्म पनि आधिकारिक उम्मेदवार मनै थिए,’ उनले भनिन्, ‘अन्तिममा मेरो नाममा टिपेक्स लगाएर अर्कैलाई मनोनयन गर्न लगाइयो, मैले लामो समय पार्टीमा काम गरेको सजाए पाइसके, आज देखि स्वतन्त्र भएर बस्छु ।’

 

images
प्रकाशित मिति :बैशाख १५, २०७९ बिहिवार - २०:३२:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology