Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

धमाधाम चुनावी सम्पर्क कार्यालयको स्थापना गर्दै एमाले-जोशी समूह

धमाधाम चुनावी सम्पर्क कार्यालयको स्थापना गर्दै एमाले-जोशी समूह

images

इच्छाकामना न्युज

१५, बैशाख २०७९
धमाधाम चुनावी सम्पर्क कार्यालयको स्थापना गर्दै एमाले-जोशी समूह
images

दमौली, १५ वैशाख । वैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनलाई केन्द्रीत गदै व्यासमा नेकपा एमाले र जोशी समुहले संयुक्त सम्पर्क कार्यालयको स्थापना गरेका छन् । विहिबार व्यास ४ स्थित जलदेवि टोल र व्यास १ हाईस्कुलटारमा सम्पर्क कार्यालयको स्थापना गरिएको हो । 

व्यास ४ को सम्पर्क कार्यालयको उद्घाटन नेपाली काँगे्रसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले गरे ।  उनले नगरपालिकामा नेतृत्व परिर्वतनको आवश्यकता रहेको बताउदै हालको नेतृत्वले भ्रष्ट्रचार, अनियमितता र कुशुसानलाई प्राथमिकता दिएको आरोप लगाए । नेकपा एमालेका के्रन्द्रीय सल्लाहाकार एकबहादुर रानाले अनियमितता र बेथितीको अन्त्यको लागि पनि एमाले–जोशी समुहको प्यानललाई विजयी गराउनुपर्ने बताए । पार्टीका तनहँु उपसचिव एवंम् नगर ईञ्चार्ज प्रदिपराज अधिकारीले असक्षम नेतृत्वले नगरपालिकाको विकास हुन नसकेको जिकिर गरे । 

व्यास नगरपालिकाका मेयरका उम्मेदवार दिपकराज जोशीले खराब नेतृत्वले गर्दा नगरपालिकाको बेजुरी बढ्दो रहेको बताए । धेरै भाषाण भन्दा काम गरेर देखाउने महिला रहेको उपमेयरको उम्मेदवार बसुन्धरा घर्तिले बताइन् ।  व्यास ४ को वडाअध्यक्षमा एमालेबाट मनबहादुर गुरुङ उम्मेदवार रहेका छन । 

त्यस्तै सदस्यमा मन्जु अधिकारी,सुनिता बसेल,सरोज बस्नेत र जोशी समुहबाट हरिशरण पण्डित उमेदवार रहेका छन । व्यास १ हाईस्कुलटारको सम्र्पक कार्यालयको उद्घाटन पार्टीको प्रदेश सदस्य अमर भण्डारीले गरेका थिए । व्यास १ बाट नेकपा एमाले र स्वतन्त्र उम्मेदवार अध्यक्ष चुडामणि दाहाल, सदस्यमा लिला दरै,बिमला नेपाली,दुर्गा बहादुर लौडारी, सरु कुमाल उम्मेदवार रहेका छन्  ।

images
प्रकाशित मिति :बैशाख १५, २०७९ बिहिवार - १९:५९:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology