फिस्लिङ, १५ वैशाख । चितवनको इच्छाकामना गाउँपालिकामा नेकपा एमालेले चुनावी घरदैलो सुरु गरेको छ। बुधबार एमालेले गाउँपालिकाको वडा नं. ३ का गाउँहरुमा घरदैलो गरेको हो।

पार्टी स्रोतले दिएको जानकारी अनुसार उक्त वडाको कुरिनघाट, नर्सिङ्टार, चुमखोला, चुम्लिङटार, फिस्लिङ लगाएतको क्षेत्रमा घरदैलो गरेको थियो। आज पनि सोही वडाका गाउँहरुमा घरदैलो गर्ने एमाले इच्छाकामना गाउँपालिकाका अध्यक्ष उम्मेद्वार दान बहादुर गुरुङले बताए।

नेकपा एमालेले इच्छाकामना गाउँपालिकाको अध्यक्षमा दान बहादुर गुरुङ, उपाध्यक्षमा माया सिलवाललाई उम्मेद्वार बनाएको छ भने वडा नं. ३ को वडाध्यक्षमा नर बहादुर नेपाल, सदस्यमा नारायणप्रसाद अधिकारी र मीनबहादुर श्रेष्ठ, महिलामा सदस्यमा तीर्थकुमारी गुरूङ, दलित महिला सदस्यमा रविना रसाइलीलाई उम्मेद्वार बनाएको छ।