Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

भरतपुरमा चुनावी गठबन्धनबाट जसपा बाहिरियो

भरतपुरमा चुनावी गठबन्धनबाट जसपा बाहिरियो

images

इच्छाकामना न्युज

१३, बैशाख २०७९
भरतपुरमा चुनावी गठबन्धनबाट जसपा बाहिरियो
images

चितवन, १३ बैशाख । जनता समाजवादी पार्टी (जसपा) भरतपुरमा चुनावी गठबन्धनबाट बाहिरिएको छ । बैशाख  ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी) र  नेकपा (एकीकृत समावजादी)दल गठबन्धनको भावना र मर्म विपरित गएकाले गठबन्धनबाट बाहिरिएको घोषणा गरेको हो । जसपा भरतपुरका अध्यक्ष अनुज जोशीले आज(मंगलबार) एक विज्ञप्ती जारि  गदै बाहिरिएको घोषणा गरेका छन् । 

गठबन्धनको राजनीतिक महत्व, हैसियत, मर्म र भावना विपरित वडाध्यक्षमा बाँडफाड गरेको जसपाले अरोप लगाएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी)ले जसपालाई गठबन्धनको बैठकमा नबोलाइएको सबै वडामा अध्यक्षसहित सदस्यहरुमा एकलौटी रुपमा बाँडफाँड गरिएकाले गठबन्धनबाट बाहिरिएको जोशीले विज्ञप्तीमा उल्लेख गरेका छन् । जसपाले हिजो भरतपुरका विभिन्न वडामा आफ्ना उम्मेदवारको मनोनयन दर्ता समेत गराएको छ ।

1650962323.jpg

images
प्रकाशित मिति :बैशाख १३, २०७९ मंगलवार - १९:५४:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology