कुरिनटार, १३ वैशाख । चितवनको इच्छाकामना गाउँपालिकामा निर्वाचन सम्पन्न नहुदै नेकपा एमालले खाता खोलेको छ। सोमबार मनोनयन दर्ताको क्रममा वडा नं. १ को दलित महिला सदस्यमा नेकपा एमालेको उम्मेद्वारको मात्र मनोनयन दर्ता भएपछि निर्विरोध निर्वाचित भएको हो।
निर्वाचन अधिकृतको कार्यालय इच्छाकामनाले दिएको जानकारी अनुसार वडा नं. १ को दलित महिला सदस्यमा नेकपा एमालेको उम्मेद्वार दुर्गा सार्की प्रजा निर्विरोध भएको हो।