Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनीमा यी हुन् नेकपा एमाले र जोशी गठबन्धनका उम्मेद्वार

आँबुखैरेनीमा यी हुन् नेकपा एमाले र जोशी गठबन्धनका उम्मेद्वार

इच्छाकामना न्युज

१३, बैशाख २०७९
आँबुखैरेनीमा यी हुन् नेकपा एमाले र जोशी गठबन्धनका उम्मेद्वार
images

आँबुखैरेनी, १३ वैशाख । आसन्न स्थानीय तह निर्वाचनमा तनहुँको आँबुखैरेनी गाउँपालिकामा नेकपा एमाले र गोविन्दराज जोशी समूहले मिलेर उम्मेद्वारी दर्ता गरेको छ। उनीहरुले सोमबार निर्वाचन अधिकृतको कार्यालय आँबुखैरेनीमा उम्मेद्वारी दर्ता गरेको हो।

images
images

एमालेले जोशी समूहसँग गरेको तालमेल अनुसार १ वटा वडा जोशी समूहलाई र बाँकी सबै एमालेको भागमा परेको छ।

जोशी समूहले आफ्नो भागमा परेको वडा नं. २ मा कटक बहादुर थापालाई स्वतन्त्र चिन्हबाट उम्मेद्वार उठाएको छ। उक्त वडाको उम्मेद्वार अघिल्लो कार्यकालमा नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्।

यस्तै नेकपा एमालेले भने अध्यक्षमा ऋषि के.सी. उपाध्यक्षमा मीना अधिकारीलाई उम्मेद्वार बनाएको छ। 

एमालेले आफ्नो भागमा परेको वडा नं. १ मा खिल बहादुर राना ‘इश्वर’, वडा नं. ३ मा पूर्ण बहादुर आले, वडा नं. ४ मा बृख बहादुर गुरुङ, वडा नं. ५ मा चित्र बहादुर आले मगर र वडा नं. ६ मा दिलिप गुरुङलाई उम्मेद्वार बनाएको छ ।

images
प्रकाशित मिति :बैशाख १३, २०७९ मंगलवार - १०:२८:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology