कुरिनटार, १२ वैशाख । वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले) ले इच्छाकामना गाउँपालिकामा आज विहान ११ बजेपछि मनोनय दर्ता गराउने भएको छ ।
पार्टी अध्यक्ष कृष्ण सिलवालका अनुसार अध्यक्ष, उपाध्यक्ष लगायत सबै उम्मेद्वारहरु सहित विहान ११ पार्टी कार्यालय कुरिनटारमा जम्मा भै र्याली सहित गएर उम्मेदवारी दर्ता गराईने छ ।
इच्छाकामनामा नेपाली काँग्रेस र माओवादी केन्द्र बिच तालमेल भएको छ भने नेकपा एमाले एक्लै चुनावी मैदानमा छ।
यस्तै नेकपा एमालेका तर्फबाट इच्छाकामनाको अध्यक्षमा दान बहादुर गुरुङ र उपाध्यक्षमा माया सिलवाल चुनावी मैदानमा छन् भने यो समाचार तयार पार्दासम्म अध्यक्ष पाएको काँग्रेस र उपाध्यक्ष पाएको माओवादी केन्द्रले अझै उम्मेद्वार टुंगो लगाएको छैन।