कुरिनटार, १२ वैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गर्ने पहिलो दिन इच्छाकामना गाउँपालिकामा नेपाल मजदुर किसान पार्टीका उम्मेद्वारले मात्र मनोनयन दर्ता गरेको छ। पहिलो दिन नेमकिपाका ६ जनाले मात्रै उम्मेद्वारी दर्ता गरेको निर्वाचन अधिकृत इश्वर आचार्यले जानकारी दिए।
उनका अनुसार नेमकिपाले अध्यक्ष पदमा र वडा नं. ७ मा वडाध्यक्ष, खुल्ला सदस्य, महिला सदस्य र दलित महिला सदस्यमा उम्मेद्वारी दर्ता गरेका छन्।