इच्छाकामना, ११ बैशाख । वैशाख ३० गते हुने स्थानिय तहको निवार्चनका लागि नेकपा एमालेले इच्छाकामनाको उपाध्यक्ष पदका उम्मेद्वारको पनि टुंगो लगाएको छ । मुग्लिनका माया सिलवाललाई उपाध्यक्षको उम्मेद्वार बनाउने भएको हो ।
यसै अघि अध्यक्षका लागि दान बहादुर गुरुङलाई सर्वसम्मत चयन गरेको एमालले उपाध्यक्ष उम्मेद्वार टुंगो लगाउन सकेका थिएनन् ।