Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

मेयरमा चुनाव लड्न भरतपुर महानगरकी मेयर रेनु दाहालले दिइन् राजीनामा

मेयरमा चुनाव लड्न भरतपुर महानगरकी मेयर रेनु दाहालले दिइन् राजीनामा

इच्छाकामना न्युज

९, बैशाख २०७९
मेयरमा चुनाव लड्न भरतपुर महानगरकी मेयर रेनु दाहालले दिइन् राजीनामा

चितवन, ९ बैशाख । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठवन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्न दाहालले आज (शुक्रबार) राजीनामा दिएकी हुन् ।

images

निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि सत्ता गठवन्धनबाट भरतपुरको मेयरमा दोस्रोपटक उम्मेदवार बन्न लागेकी दाहालले राजीनामा दिएको प्रेस संयोजक सुरेशचन्द्र अधिकारीले बताए । सत्तारुढ गठवन्धनकातर्फबाट भरतपुरको मेयर माओवादीले र उपमेयर कांग्रेसले पाउने सहमति भएको छ ।

राजीनामा पत्रमा भनिएको छ-यही मिति २०७९ बैशाख ३० गते हुन गइरहेको आसन्न स्थानीय तहको निर्वाचनमा म भरतपुर महानगरपालिकाको नगरप्रमुख पदमा उम्मेदवारी दर्ता गर्नेहुँदा निर्वाचन आचारसंहिताको पालना गर्दै भरतपुर महानगरपालिका चितवनको नगरप्रमुखको पदबाट राजीनामा गरेको छु । कानुन बमोजिम मेरो राजीनामा स्वीकृत गर्नु गराउनुहुन अनुरोध छ । उनले सो राजीनामा पत्र उपप्रमुख पार्वती शाह ठकुरीलाई बुझाइन् । लगत्तै ठकुरीले राजीनामा स्वीकृत गरेकी छन् ।

278210372_716421909385093_8577530236239178175_n_20220422145816.jpg

images
प्रकाशित मिति :बैशाख ९, २०७९ शुक्रवार - १८:१३:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology