Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

अन्ततः भरतपुर महानगरमा गठबन्धनको साझा उम्मेद्वार रेनु दाहाल

अन्ततः भरतपुर महानगरमा गठबन्धनको साझा उम्मेद्वार रेनु दाहाल

इच्छाकामना न्युज

६, बैशाख २०७९
अन्ततः भरतपुर महानगरमा गठबन्धनको साझा उम्मेद्वार रेनु दाहाल

चितवन, ६ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा सत्तागठबन्धनबाट भरतपुर महानगरपालिकाको मेयर उमेद्वार रेनु दाहाल हुने पक्का भएको छ । गठबन्धनको मंगलबार बसेको बैठकले भरतपुर महानगरपालिका नेकपा (माओवादी केन्द्र)लाई दिने सहमति भएको थियो ।

images

सोही निर्णय अनुसार माओवादी केन्द्र चितवनले मेयरमा पुनः रेनु दाहाललाई उठाउने भएको छ । दाहाल माओवादीबाट निर्विकल्प उम्मेद्वार हुन् । माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले माओवादीबाट मेयरमा दाहाललाई उम्मेद्वार बनाउने तय भएको नारायणी अनलाइनलाई जानकारी दिए । ‘गठबन्धनको निर्णयसंगै अब हामी औपचारिक रुपमै उम्मेद्वार घोषणा गर्छौ, हाम्रो मेयर उम्मेद्वार रेनु दाहाल नै हो’–अधिकारीले भने ।

मेयर दाहाल २०७४ सालको स्थानीय निर्वाचनमा ४३ हजार १२७ मतका साथ निर्वाचित भएकी थिइन् । उनका प्रतिद्वन्दी नेकपा (एमाले)का देवी प्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरेका थिए ।

यसपटकको निर्वाचनमा दाहालको प्रतिद्न्दी एमालेबाट विजय सुवेदी हुनेछन् । एमालेले केहीदिन अघि नै महानगरको उम्मेद्वार टुंगो लगाएको हो ।

गठबन्धनको निर्णय अनुसार भरतपुरको उपमेयर अब नेपाली कांग्रेसले पाउने भएको छ । तर कांग्रेसले कसलाई उम्मेद्वार बनाउछ टुंगो लागेको छैन । यसअघिको निर्वाचनमा उपमेयरमा कांग्रेसबाट पार्वती शाह ठकुरी ४७ हजार १९७ मतका साथ निर्वाचित भएकी थिइन् ।

images
प्रकाशित मिति :बैशाख ६, २०७९ मंगलवार - १९:४४:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology