कुरिनटार, २ वैशाख । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाको उपाध्यक्षमा नेकपा एमालेमा ३ जनाको नाम चर्चामा छ। ७ जनासम्म आकांक्षी भएको भनिएको एमालेमा अन्तिममा अझै ३ जनाको नाम चर्चामा छ।
उपाध्यक्षमा नाम चर्चामा हुनेहरुमा स्थानीय तह निर्वाचन २०७४ का उपाध्यक्ष उम्मेद्वार जुना राजभण्डारी, माया सिलवाल र राधा कंडेल रहेका छन्।
सर्वसम्मत रुपमा गाउँपालिका अध्यक्षको उम्मेद्वारमा दान बहादुर गुरुङलाई छनोट गरेको एमालेले उपाध्यक्षमा भने आकांक्षी धेरै हुदाँ टुंगो लगाउन सकेको छैन।