Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

बिहीवारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान हुने 

बिहीवारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान हुने 

images

इच्छाकामना न्युज

२८, चैत्र २०७८
बिहीवारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान हुने 
images

भैरहवा, २८ चैत । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीवारदेखि परीक्षण उडान सुरु हुने भएको छ । आगामी जेठ २ गतेबाट व्यवसायिक उडान गर्नका लागि वैशाखमा परीक्षण उडानको तयारी गरिएको विमास्थलका महानिर्देशक गोविन्द दाहालले बताउनुभयो । व्यवसायीक उडानका लागि १२ कम्पनीहरूले प्रस्ताव अघि सारेको र आवश्यक अध्ययन भईरहेको समेत उहाँले बताउनुभयो ।

उडानका लागि आवश्यक उपकरण सबै प्राप्त भईसकेको छ भने जनशक्ति पनि आबस्यक मात्रामा नियुक्त भईसकेका छन् । सीआईएनसँग कुराकानी गर्दै विमानस्थलका महानिर्देशक दाहालले  नेपाल वायु सेवा निगमले व्यावसायिक प्रयोजनका लागि पहिलो परीक्षण उडान गर्ने मिति तय गरेको भए पनि आधाकारीक रुपमा विमानस्थललाई भने हालसम्म जानकारी नआएको बताउनुभयो ।

विमासथलमा गत फागुन पहिलो सातादेखि १० दिन यान्त्रिक परीक्षण उडान गरिएको थियो । त्यस परीक्षणको नतिजा अनुरूप भैरहवा विमानस्थल उडान योग्य रहेको प्रतिवेदन प्राप्त भए पछि प्राधिकरणले व्यवसायिक उडानको तयारी गरेको हो । 

images
प्रकाशित मिति :चैत्र २८, २०७८ सोमवार - ०९:२५:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology