Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चुनावी कार्यक्रममा शिर्ष नेता व्यस्त, ओली नेपालगञ्ज, प्रचण्ड सिरहा जाँदै  

चुनावी कार्यक्रममा शिर्ष नेता व्यस्त, ओली नेपालगञ्ज, प्रचण्ड सिरहा जाँदै  

images

इच्छाकामना न्युज

२४, चैत्र २०७८
चुनावी कार्यक्रममा शिर्ष नेता व्यस्त, ओली नेपालगञ्ज, प्रचण्ड सिरहा जाँदै  
images

काठमाण्डौ, २४ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बाँकेको नेपालगञ्ज जाँदै हुनुहुन्छ । ओली बिहान ९ बजे नेपालगञ्ज जाने कार्यक्रम रहेको छ ।

त्यहाँ उहाँले पार्टीको जिल्ला कमिटीले आयोजना गर्ने कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुनेछ । कार्यक्रम ११ बजेलाई तय गरिएको छ । त्यसपछि अध्यक्ष ओली आजै बर्दिया जाने कार्यक्रम छ ।

त्यहाँ पार्टी मातहतको सुकुम्वासी संगठनको राष्ट्रिय सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । अध्यक्ष ओली स्थानीय तहको निर्वाचन नजिकिए सँगै चुनावी सम्बोधन र कार्यक्रममा ब्यस्त बन्नुभएको छ ।

यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि आज सिरहा जाने कार्यक्रम छ । सिरहाको मिर्चैया नगरपालिकामा सहिद रामप्रताप साहको नाममा बनेको गेटको उद्घाटन गर्न अध्यक्ष प्रचण्ड सिरहा जान लाग्नुभएको हो । 

images
प्रकाशित मिति :चैत्र २४, २०७८ बिहिवार - ०९:५२:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology