काठमाण्डौ, २३ चैत । नेपाल आयलग निगमले इन्धनको मूल्य फेरि बढाएको छ। निगम सञ्चालक समितिको हिजो बसेको बैठकले आजबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बढाएको हो।निगमले पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँ बढाएर १ सय ६० रुपैयाँ प्रतिलिटर कायम गरेको छभने डिजेल र मट्टितेलको मूल्य १ सय ४३ रुपैयाँ प्रतिलिटर पुगेको छ।
निगमले खाना पकाउने (एलपी) ग्यासको मूल्य समेत समायोजन गरेको छ। समायोजनपछि ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ६ सय रुपैयाँ पुगेको छ।
यस्तै हवाई इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर ५ रुपैयाँ बढाएको छ। मूल्य बढेपछि हवाई इन्धन आन्तरिकको मूल्य प्रतिलिटर १ सय ५६ रुपैयाँ पुगेको छ।यस्तै, हवाई इन्धन अन्तर्राष्ट्रिय उडानतर्फको मूल्य पनि प्रतिकिलोलिटर ५० अमेरिकी डलरले बढेको छ। मूल्य बढाएपछि हवाई इन्धन अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिकिलोलिटर १ हजार ५ सय ४५ अमेरिकी डलर पुगेको छ।