काठमाडौं । लोक गायक तथा नेकपा (माओवादी केन्द्र)को युवा नेता अरबिन्द्र भट्टराईले `देशको हित चिताउने माओवादी हो´ बोलको गीत सार्वजनिक गरेका छन् ।
घर घरमा ग्यास पाइप, के म ह्यानसम छैन र, मै पनि माया लाउकी, यो कान्छिको बगैंचामा, बेलैमा गरे, लगाएतका गीतहरु बजारमा ल्याइसकेका भट्टराईले यस गीतमा शब्द र लय दिएका छन ।
चेतन गोतामे र तुलसी घर्ती मगरको स्वर रहेको यस गीतलाई ओके नेपालद्वारा बजार व्यवस्थापन गरिएको छ ।
माओवादीलाई सांगीतिक रुपमा चौतर्फी ढंगले प्रहार गरिएकाले सत्यता बाहिर ल्याउन आफुले गीत निर्माण गरेको अनेरास्ववियु (क्रान्तिकारी)को केन्द्रीय सदस्य समेत रहेका भट्टराईले बताए ।
भिडियोः