Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गण्डकी प्रदेशको शैक्षिक सुधार कार्यक्रमका लागि गोरखाको गण्डकी र शहिद लखन गाउँपालिकाका ७ विद्यालय छनोटमा

गण्डकी प्रदेशको शैक्षिक सुधार कार्यक्रमका लागि गोरखाको गण्डकी र शहिद लखन गाउँपालिकाका ७ विद्यालय छनोटमा

इच्छाकामना न्युज

२२, चैत्र २०७८
गण्डकी प्रदेशको शैक्षिक सुधार कार्यक्रमका लागि गोरखाको गण्डकी र शहिद लखन गाउँपालिकाका ७ विद्यालय छनोटमा
images

पोखरा, २२ चैत । गण्डकी प्रदेशले प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रमका लागि गोरखाका २८ वटा विद्यालय छनोट गरेकोमा जिल्लाको गण्डकी र शहिद लखन गाउँपालिकाका ७ वटा विद्यालयहरु छनोटमा परेको छ। 

images
images

चालु आर्थिक वर्ष २०७८/०७९ देखि प्रदेश सरकारले कार्यान्वयनमा ल्याएको गण्डकी प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन मापदण्ड, २०७८ ले निर्धारण गरेका कार्यक्रमका लागि प्रदेश भित्रका ३४० मध्ये गोरखाका २८ विद्यालय छनोटमा परेका थिए। जसमा जिल्लाका यी २ गाउँपालिकाका ७ विद्यालय छनौटमा परेका हुन् । 

कार्यक्रमका लागि शहिद लखन गाउँपालिकाको पिपलापोखरी आधारभुत विद्यालय, चण्डीका आधारभुत विद्यालयमा विज्ञान प्रयोगशालाका लागि २ र २ लाख रुपैयाँ, भगवती हिमालय माविमा प्रयोगशाला सुदृढिकरणका लागि ४ लाख, राम्चे प्राविमा बालविकास केन्द्रका लागि २ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै गण्डकी गाउँपालिकाको नेत्रज्योती मावि, शक्ति मावि र जनजागृती प्राविमा बालविकास केन्द्रका लागि २ र २ लाख रुपैयाँ छुट्टाईएको छ 

छनोटका परेका विद्यालयले तोकिएको मापदण्डअनुसार कार्यक्रम सञ्चालन गर्न प्रत्येक विद्यालयले दुई लाखदेखि सात लाखसम्म रकम पाउनेछन् ।

कार्यविधिले बालविकासदेखि उच्च माध्यामिक तहका प्राविधिक धारसहित क्याम्पसमा प्रविधि जडानसमेतका कार्यक्रमलाई छनोट गरेको छ । कार्यविधिले यसरी १९ वटा कार्यक्रमहरू छनोट गरेको छ ।

जसमा प्रारम्भिक बालविकास केन्द्रमा सिकाइ सामग्री व्यवस्थापन, विज्ञान प्रयोगशाला सुदृढीकरण, माध्यमिक विद्यालयमा आईसीटी ल्याव विस्तार, गणित शिक्षा प्रयोगशाला स्थापना र विकास, माध्यमिक विद्यालयमा स्टिम ल्याब स्थापना र सञ्चालन लगायतका कार्यक्रमका लागि विद्यालय छनौट भएको हो ।

images
प्रकाशित मिति :चैत्र २२, २०७८ मंगलवार - १७:४८:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology