काठमाण्डौ, १८ चैत । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको प्रथम राष्ट्रिय भेला अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदै छ । भक्तपुरको बोडेस्थित कृषि विकास बैँकको तालिम केन्द्रमा केही बेरमा सुरु हुने बन्द सत्रमा पार्टी सयोजक आहुतीले राजनीतिक प्रतिवेदन पेस गर्ने र त्यसमा समूहगत छलफल हुने केन्द्रीय सदस्य महाविर विश्वकर्माले जानकारी दिनुभयो ।
बन्दसत्रमा पार्टीको विधानको मस्यौदा प्रस्तुत गरेर छलफल चलाउने तयारी भएको उहाँको भनाइ छ । पार्टीको नयाँ कार्यसमिति चयन भने भोलि हुनेछ । भेलाका लागि ५ सयभन्दा धेरै प्रतिनिधि काठमाडौँ आएका छन् ।