Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

गोरखा जिल्लामै पहिलो पटक गण्डकी गाउँपालिकामा १५० कुकुरको बन्ध्याकरण

गोरखा जिल्लामै पहिलो पटक गण्डकी गाउँपालिकामा १५० कुकुरको बन्ध्याकरण

images

इच्छाकामना न्युज

१४, चैत्र २०७८
गोरखा जिल्लामै पहिलो पटक गण्डकी गाउँपालिकामा १५० कुकुरको बन्ध्याकरण
images

भुम्लिचोक, १४ चैत । गोरखाको गण्डकी गाँउपालिकामा कुकुरको बन्ध्याकरण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाको आयोजना तथा गण्डकी गाउँपालिका पशु सेवा शाखा र भ्याली एनिमल क्लिनिकको प्राविधिक सहयोगमा एक दिने सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज रोग नियन्त्रण कार्यक्रम गरिएको हो । 

कार्यक्रममा १ सय ५० ओटा कुकुरको बन्ध्याकरण गरिएको पशुसेवा प्राविधिक अन्जन रेग्मीले बताए । कुकुरको संख्या अत्याधिक बढि भएकोले सन्तान उत्पादनमा कमि ल्याउन र रेविज रोग नियन्त्रणको लागि कार्यक्रम गरिएको उनले बताए । 

कुकुरलाई रेविज, किर्ना, उपियाको सुई पनि लगाईएको थियो । गोरखा जिल्लामै कुकुरलाई बन्ध्याकरण गरिएको यो पहिलो पटक हो । कार्यक्रमा केन्द्रिय पशु चिकित्सक अस्पतालका डाक्टर अर्जुन अर्याल, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाका प्रमुख शर्मिला कुवर, भ्याली एनिमल क्लिनिकका डाक्टर नविन श्रेष्ठ, गण्डकी गाउँपालिकाको पशु शाखा प्रमुख डाक्टर हरि पन्तको उपस्थिती रहेको थियो ।

images
प्रकाशित मिति :चैत्र १४, २०७८ सोमवार - १९:५५:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology