Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

त्रिकोणात्मक टी–ट्वान्टी अन्तराष्ट्रिय श्रृङ्खलामा नेपालको विजयी सुरुवात

त्रिकोणात्मक टी–ट्वान्टी अन्तराष्ट्रिय श्रृङ्खलामा नेपालको विजयी सुरुवात

images

इच्छाकामना न्युज

१४, चैत्र २०७८
त्रिकोणात्मक टी–ट्वान्टी अन्तराष्ट्रिय श्रृङ्खलामा नेपालको विजयी सुरुवात
images

काठमाण्डौ, १४ चैत । त्रिकोणात्मक टी–ट्वान्टी अन्तराष्ट्रिय श्रृङ्खलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई हराउदै विजयी सुरुआत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज भएको खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई १५ रनले हराउँदै नेपाल विजयी भएको हो ।

अघिल्लो दूई खेलमा  नेपाल पीएनजीसंग हार बेहोरेको थियो । नेपालले दुई खेलको एकदिवसीय सिरिज २–० ले गुमाएको थियो । नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय ६८ रन मात्र बनाउन सक्यो ।

यस अघि टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४३ रन बनाए । अब नेपालले दोस्रो खेलमा पर्सि मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । सिरिजमा नेपाल, पीएनजी र मलेसियाको सहभागिता रहेको छ । श्रृङ्खला  अन्तर्गत नेपालले पीएनजी र मलेसियाविरुद्ध दुई–दुई खेल खेल्नेछ ।

 

images
प्रकाशित मिति :चैत्र १४, २०७८ सोमवार - १९:३४:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology