गोरखा, १४ चैत । शहीद लखन र गण्डकी गाउँपालिकाको गाउँ कार्यपालिका सयुक्त वैठक सम्पन्न भएको छ । दुवै पालिकाको विगत कामहरुको अनुभव आदानका प्रदान गर्नुका साथै आगामि दिनमा विकास निर्माण कार्यमा थप सहकार्य गर्नका निम्ति संयुक्त रुपमा वैठक आयोजना गरिएको जनाएको छ ।
उक्त वैठकले चार वटा निर्णय भएको शहीदखन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आलेले बताए । उनका अनुसार दुवै पालिकाका असल अभ्यास र अनुभवहरु आदान प्रदान गर्ने र राम्रो कामहरु दुवै पालिका अनुशरण गर्ने निर्णय गरेको छ ।
त्यस्तै, दुवै गाउँपालिका क्षेत्रभित्र रहेका ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय महत्वका क्षेत्रहरुको एक पालिकाले अर्को पालिकाको प्रचारप्रसार गर्ने र आन्तरिक पर्यटन प्रवद्र्धन गर्नमा सहयोग गर्ने वैठकले निर्णय गरेको छ । पालिका भित्रका कर्मचारी लगायत आन्तरिक पर्यटकलाई अर्को पालिकामा पठाएर पर्यटन प्रवद्र्धन सहयोग पु¥याउने आलेले बताए । दुवै पालिका बीच भगिनी सम्बन्ध कायम भएको उनले जानकारी दिए ।
त्यस्तै, वैठकले दुवै गाउँपालिकाको रणनीतिक सडकका रुपमा रहेको लक्ष्मीबजार, लुदीखोला, तीनमाने, बतासे, फुजेल, दलभज्याङ, तोलक हुँदै सिउरेनीटार सडकको स्तरउन्नतिका लागि दुवै गाउँपालिका दुवै बजेट विनियोजन गर्नुका साथै दातृ निकायका तथा अन्य संघसंस्थाहरुसँग समेत पहल गर्ने निर्णय भएको उनले जानकारी दिए ।
शहीदलखन गाउँपालिका अध्यक्ष रमेश थापा मगरको अध्यक्षतामा तथा गण्डकी गाउँपालिकाको अध्यक्ष होम बहादुर रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दुवै पालिकाका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, गाउँपालिकाका कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।