Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

शिक्षक अध्यापन अनुमति पत्रको लिखित परीक्षाको पाठ्यक्रम परिमार्जन 

शिक्षक अध्यापन अनुमति पत्रको लिखित परीक्षाको पाठ्यक्रम परिमार्जन 

images

सिआईएन

१२, चैत्र २०७८
शिक्षक अध्यापन अनुमति पत्रको लिखित परीक्षाको पाठ्यक्रम परिमार्जन 
images

काठमाण्डौ, १२ चैत । शिक्षक सेवा आयोगले निम्न माध्यमिक र माध्यमिक तहको शिक्षक अध्यापन अनुमति पत्रको लिखित परीक्षाको पाठ्यक्रम परिमार्जन गरेको छ । आयोगको चैत २ गते बसेको बैठकले पाठ्यक्रम परिमार्जन गर्ने निर्णय गरेसँगै अध्यापन अनुमति पत्रको परिक्षामा ५० वटा वस्तुगत प्रश्न मात्रै सोध्ने भएको छ । जसको अङ्कभार २ नम्बर रहेको छ ।

यसले परिक्षा भएको तीन महिना भित्र अध्यापन अनुमति पत्र परिक्षार्थीको हातमा पु¥याउन सकिने आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले सीआईएनसँग बताउनुभयो ।

यसअघि विषयगत अध्यापन अनुमति पत्र दिने व्यवस्था अनुसार ४० नम्बरको वस्तुगत प्रश्न र ६० नम्बरको विषयगत प्रश्न सोध्ने गरिएको थियो । जुन व्यवस्थाले एक वा एक भन्दा बढि विषयमा शैक्षिक योग्यता हासिल गरेका व्यक्तिले विषयगत रुपमा एक भन्दा बढि अनुमति पत्र लिनुपर्ने बाध्यता थियो ।

पाठ्यक्रम परिमार्जन भएसँगै कक्षा १२ उतीर्ण गरि शिक्षा विषयमा १० महिना तालिम पुरा गरेका व्यक्तिले विषयगत रुपमा नभई जुनसुकै विषयमा पनि अध्यापन अनुमति पत्रको परिक्षा दिन पाउनेछन् । भने स्नातक तहमा अङ्ग्रेजी, गणित विज्ञान, लेखा, कम्प्युटर विज्ञान, सिभिल÷इलेक्ट्रिकल इन्जिनियरीङ, पशु पालन र बाली विज्ञान विषय लिएका व्यक्तिले शिक्षा सम्बन्धी १० महिनाको तालिम लिन नपर्ने भएको छ ।

परिमार्जन गरेको पाठ्यक्रम अनुसार नै शिक्षक अध्यापन अनुमति पत्रको आगामी परीक्षा सञ्चालन हुनेछ । 

images
प्रकाशित मिति :चैत्र १२, २०७८ शनिवार - १०:४०:१० बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology