Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चिनियाँ विदेशमन्त्री वाङको उच्चस्तरीय भेटघाट आजबाट

चिनियाँ विदेशमन्त्री वाङको उच्चस्तरीय भेटघाट आजबाट

images

इच्छाकामना न्युज

१२, चैत्र २०७८
चिनियाँ विदेशमन्त्री वाङको उच्चस्तरीय भेटघाट आजबाट
images

काठमाण्डौ, १२ चैत । चिनियाँविदेश मन्त्री एवं स्टेट काउन्सिलर वाङ यीले आजबाट उच्चस्तरीय भेटघाट गर्दै हुनुहुन्छ । विदेशमन्त्री वाङसहितको उच्चस्तरीय भ्रमण टोली हिजो दिउँसो ३ बजे नेपाल आएको हो ।

वाङआज बिहानकाठमाडौँको शिवपुरीको हाइकिङमा जानु भएको छ । उहाँको भ्रमण र भेटघाटका क्रममा पर्ने रूटमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष टोली खटिएको छ । हाइकिङबाट फर्किएपछि विदेशमन्त्री वाङलेआफ्ना समकक्षी परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग सिंहदरबारमा भेटघाट गर्नुहुनेछ ।

भेटघाटको क्रममा नेपाल र चीनबीच विभिन्न विषयमा द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्रीसँगको भेटपछि प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटका लागि उहाँ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्ने कार्यक्रम छ ।

विदेशमन्त्री वाङले भ्रमणकै क्रममा काठमाडौँबाटै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नुहुने छ । भ्रमणको तेस्रो दिन भोलिबिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नुहुनेछ । राष्ट्रपति भण्डारीसँगको भेटपछि पूर्वप्रधानमन्त्रीद्वय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट्ने कार्यक्रम तय भएको बताइएको छ ।भोलिको भेटघाट सकेर वाङ नेतृत्वको टोली भोलि नै स्वदेश फर्किने छ । 

images
प्रकाशित मिति :चैत्र १२, २०७८ शनिवार - १०:३२:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology