हुम्ला, २० मंसिर
जीप दुर्घटनामा परि ४ जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् ।
हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जमुका नजिकै लु २ च २१०२ नम्बरको जीप गएराति दुर्घटना हुँदा ४ जनाको ज्यान गएको हो । ज्यान गुमाएकाहरुको अहिलेसम्म परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यलय हुम्लाका प्रवक्ता एवं प्रहरी निरीक्षक सीताराम विष्टले जानकारी दिनुभयो । जीप सडकबाट झण्डै ६ सय मिटर तल खसेको छ ।
दुर्घटना राति भएकोले उद्धारमा केही समस्या भएको घटनास्थलमा पुगेका सशस्त्र प्रहरी बल हुम्लाका प्रमुख एवं डीएसपी मोहन विष्टले बताउनुभयो ।