Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नेपालमा क्षयरोगका कारण बर्सेनि झण्डै ४५ हजार मानिसको मृत्यु 

नेपालमा क्षयरोगका कारण बर्सेनि झण्डै ४५ हजार मानिसको मृत्यु 

images

सिआईएन

१०, चैत्र २०७८
नेपालमा क्षयरोगका कारण बर्सेनि झण्डै ४५ हजार मानिसको मृत्यु 
images

सजना तिमल्सिना, काठमाडौँ, १० चैत । नेपालमा बर्सेनि झण्डै ४५ हजार मानिसको क्षयरोगका कारण मृत्यु हुने गरेको सरकारी तथ्याङ्कले देखाएको छ । यसका कारण सन् २०५० सम्म नेपालबाट क्षयरोग उन्मुलन गर्ने लक्ष्यलाई चुनौती दिएको छ ।

नेपालमा गत आर्थिक वर्षमा मात्रै २८ हजार ६ सय ७७ जना क्षयरोगका नयाँ बिरामी भेटिएका थिए । तर उपचारको पहुँचमा पुग्ने बिरामी, अनुमान गरिएको भन्दा कम रहेको राष्ट्रिय क्षयरोग निवारण केन्द्रका निर्देशक उपसचिव मुक्ति खनालले बताउनुभयो ।

दिगो विकास लक्ष्यले सन् २०३० सम्ममा विश्वबाट क्षयरोगका बिरामी प्रतिलाख २० जनाभन्दा कममा झार्ने उद्देश्य लिएको छ । सन् २०३५ सम्ममा विश्वबाट क्षयरोगको अन्त्य गर्ने लक्ष्य छ । नेपालले उल्लेखित लक्ष्यहरूलाई आत्मसाथ गर्दै सन् २०५० सम्ममा क्षयरोगलाइ प्रति दश लाखमा एक भन्दा कम गर्ने लक्ष्य लिएको छ । तर नेपाललाई सन् २०५० भन्दा अघि नै क्षयरोग मुक्त देश बनाउने हो भने बिरामीलाई उपचारको पहुँचमा ल्याउनुपर्नेमा खनालको जोड छ ।

क्षयरोग, श्वासप्रश्वासको माध्यमबाट एक मानिसबाट अर्को मानिसमा सर्छ । नेपालमा क्षयरोगको उपचारको लागि विभिन्न उपाय अपनाइएको छ । तर यसको निवारण र रोकथाम हुन नसकेकाका कारण वर्षेनी ४५ हजार भन्दा बढिको क्षयरोगकै कारण मृत्यु हुने गरेको छ ।  

images
प्रकाशित मिति :चैत्र १०, २०७८ बिहिवार - ०९:२४:३२ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology