Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

गुरुङ साहित्यिक मञ्च नेपालको चौंथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन शनिबार पोखरामा हुँदै

गुरुङ साहित्यिक मञ्च नेपालको चौंथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन शनिबार पोखरामा हुँदै

images

इच्छाकामना न्युज

१९, मंसिर २०७७
गुरुङ साहित्यिक मञ्च नेपालको चौंथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन शनिबार पोखरामा हुँदै
images

चितवन, १९ मंसिर । 
गुरुङ साहित्यिक मञ्च नेपालको चौंथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन मंसिर २० गते शविबा। पोखरामा हुने भएको छ।
मञ्चको पहिलो कार्यकालको बिहीबार बसेको अन्तिम बैठकले साधारणसभा तथा अधिवेशनको मिति तय गरेको अध्यक्ष गौरी तमूले जानकारी दिनुभयो। 
गुरुङहरुको स्वदेशदेखि विदेशसम्म सयौं सामाजिक संघसंस्था रहे पनि एउटै साहित्यिक संस्था नभएको अवस्थामा यसको आवश्यकताको देखिएको भन्दै २०७३ चैत २१ गते पोखरामा गुरुङ साहित्यिक मञ्च नेपाल नामक संस्था स्थापना गरेको थियो । 
संस्था स्थापनापछि नियमित रचना वाचन शृङ्खलादेखि विभिन्न विषयमा बहस, छलफल, प्रशिक्षण प्रतियोगिता सँगै अक्षयकोष स्थापना र सम्मान कार्यक्रमहरु गर्दै आएको अध्यक्ष तमूले बताउनुभयो । साथै उहाँले पछिल्लो समय कोरोना महामारीले केही महत्त्वपूर्ण कार्यक्रमहरु स्थगित हुनाका साथै विधानले तोकेभन्दा केही महिना कार्यसमितिको कार्यकाल लम्बिएको भन्दै पदभार अर्को समितिलाई हस्तान्तरण गर्न आतुर रहेको समेत बताउनुभयो ।
 ‘हामी अब कोरोनाकै बहानामा संस्थालाई निष्क्रिय रहिरहन दिन्नौं । शनिबार अत्यन्तै छोटो, मिठो तरिकाले हामी हाम्रो पदभार आउने समितिलाई हस्तान्तरण गर्दैछौं’, अध्यक्ष तमूले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ। अधिवेशन नहुँदै अध्यक्ष गुरुङले सबै सहयोगीहरुलाई धन्यवाद दिनु भएको छ ।
‘म मेरो कार्यकालमा यस मञ्चलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनुहुने कार्यसमिति साथीहरू, अफिसियल फोटोग्राफरदेखि मिडिया पार्टनर साधारण, सक्रिय र आजीवन सदस्यहरु, सल्लाहकार ज्यूहरु र स्वदेश तथा विदेशका सम्पूर्ण सहयोगी मनहरुप्रति यहीं पोष्टमार्फत हार्दिक आभार एवम् धन्यवाद प्रकट गर्दछु ।’ 
बैठकले मञ्चकी सल्लाहकार शान्ति गुरुङको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ । साथै कोरोनाका कारण मञ्चले धेरै भिडभाड नगरी मञ्चको अधिवेशन गर्ने योजना अनुसार अधिवेशनको उदघाटन सत्र नगरी सोझै बन्द सत्र आयोजना गर्ने समेत आयोजकले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर १९, २०७७ शुक्रवार - ०९:३३:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology