Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

त्रिकोणात्मक एकदिवसीय श्रृङ्खलामा नेपालले आज यूएईसँग खेल्ने 

त्रिकोणात्मक एकदिवसीय श्रृङ्खलामा नेपालले आज यूएईसँग खेल्ने 

images

इच्छाकामना न्युज

४, चैत्र २०७८
त्रिकोणात्मक एकदिवसीय श्रृङ्खलामा नेपालले आज यूएईसँग खेल्ने 
images

काठमाण्डौ, ४ चैत । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय श्रृङ्खलामा नेपालले आज यूएईसँग खेल्दैछ । खेल बिहान सवा ११ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । एकदिवसीय क्रिकेटको पछिल्लो दुई खेलमा नेपाल युएईसँग पराजित भएको थियो ।

हालसम्म नेपाल र युएईले चार एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जसमा दुवै टिमले दुई÷दुई खेल जितेका छन् । विश्वकप लिग–२ को१५ खेलमा आठमा जित र पाँच खेलमा हार बेहोरेको युएई अङ्क तालिकामा दोस्रो स्थानमा छ । युएईले दुई खेलमा भने अंक बाँडेको छ ।

त्यस्तै, अहिलेसम्म ९ एकदिवसीय खेल खेलेको नेपालले पाँचमा जित र चार खेलमा हार व्यहोरेको छ । अहिले नेपाल अंक तालिकाको सातौं स्थानमा छ । जारी सिरिजको सबै खेल जित्न सके नेपाललाई अंक तालिकाको फाइदा हुनेछ । 

 

images
प्रकाशित मिति :चैत्र ४, २०७८ शुक्रवार - ०९:२२:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology