Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

निर्माणाधीन काठमाडौं–तराई–मधेस द्रुतमार्ग सडकको काममा नेपाली सेनाको लापरबाही

निर्माणाधीन काठमाडौं–तराई–मधेस द्रुतमार्ग सडकको काममा नेपाली सेनाको लापरबाही

images

पत्रपत्रिका

४, चैत्र २०७८
निर्माणाधीन काठमाडौं–तराई–मधेस द्रुतमार्ग सडकको काममा नेपाली सेनाको लापरबाही
images

काठमाडौं, ४ चैत । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं–तराई–मधेस द्रुतमार्ग सडकको काममा लापरबाही भएको छ। संसदीय टोलीले स्थलगत अध्ययनका क्रममा हालसम्म बनेका संरचनामा कमजोरी भेटाएको हो।

रिटेनिङ वाल दबिएको, भत्किएको देखिएको प्रतिनिधिसभाको विकास तथा प्रविधि समिति सभापति कल्याणीकुमारी खड्काले बताइन्। उनका अनुसार भत्किएको कतिपय स्थलमा मर्मतसमेत गरेको पाइएको छ।

‘वर्षौंसम्म टिक्नुपर्ने एसियन मापदण्डको भनिएको सडक अहिल्यै भत्किने, मर्मत गर्नुपर्ने अवस्था आउनुले निर्माण कमजोरी रहेको स्पष्ट हुन्छ’, सभापति खड्काले भनिन्। सभापति खड्काले रूख कटानमा पनि समस्या देखिएको बताइन्। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गर्दा नै ध्यान नदिएको पाइएको खड्काको भनाइ छ।

‘कतिपय स्थानमा सडकलाई चाहिनेजति स्थान नलिएको देखिएको छ’, सभापति खड्काले भनिन्, ‘कामभन्दा बढी तल–माथि भएको देखिन्छ।’ समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

images
प्रकाशित मिति :चैत्र ४, २०७८ शुक्रवार - ०८:२५:५३ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology