Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

कोरोना बीमाको भुक्तानी ३ दिनभित्रै दिन बीमा समितिलाई अर्थ मन्त्रालयको निर्देशन 

कोरोना बीमाको भुक्तानी ३ दिनभित्रै दिन बीमा समितिलाई अर्थ मन्त्रालयको निर्देशन 

images

इच्छाकामना न्युज

१९, मंसिर २०७७
कोरोना बीमाको भुक्तानी ३ दिनभित्रै दिन बीमा समितिलाई अर्थ मन्त्रालयको निर्देशन 
images

काठमाण्डौं, १९ मंसिर । 
कोरोना बीमा रकम ७ दिनभित्रै भुक्तानी दिनू भन्ने आफ्नो निर्देशन कार्यान्वयन नभएपछि अर्थ मन्त्रालयले पुनः ताकेता गरेको छ । अर्थमन्त्रालयले यसअघिको निर्देशन कार्यान्वयन नभएको भन्दै बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिलाई ३ दिनभित्रै कोरोना बीमाको रकम भुक्तानी गरी सो जानकारी मन्त्रालयमा पठाउन हिजो निर्देशन दिएको हो । 
मन्त्रालयको निर्देशन पछि बीमा समितिले सरकारको निर्देशन कार्यान्वयन गर्न आफूहरु प्रतिवद्ध रहेको बताएको छ । 
समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले सीआईएनसँग कुरा गर्दै कागजात पुगेका बिमितको समयमै भुक्तानी हुने बताउनुभयो । हाल कुन–कुन बीमा कम्पनीमा कति सङ्ख्यामा दावी परेको छ सोको विस्तृत विवरण, समस्या समाधानका लागि समितिबाट के कति प्रयास भइरहेको छ र मन्त्रालयमा सहजीकरणका लागि पहल गर्नुपर्ने विषय के के हुन् भन्दै त्यसको विस्तृत विवरण पठाउन समेत मन्त्रालयले भनेको छ । अझै १३ हजार भन्दा धेरैको कोरोना बीमाको रकम भुक्तानी हुन बाँकी रहेको छ ।

images
प्रकाशित मिति :मंसिर १९, २०७७ शुक्रवार - ०९:०७:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology