याकराङ, ३ चैत । नेकपा माओवादी केन्द्र इच्छाकामना ६ का वडा कमिटि सचिव सुर्य बहादुर गुरुङ नेकपा एमालेमा प्रवेश गरेको छ। एमालेले आज याकराङ गाउँमा गरेको टोल कमिटि गठन कार्यक्रमबाट गुरुङ पार्टी प्रवेश गरेको हो।
उनलाई नेकपा एमालेका जिल्ला सदस्य एवं इच्छाकामना इन्चार्ज दान बहादुर गुरुङले अबिर लगाएर एमालेमा प्रवेश गराएको हो। एमाले प्रवेश गरेका गुरुङलाई माओवादी केन्द्रले यहि साउन २८ गते वडा कमिटिको सचिव बनाएको थियो भने स्थानीय तह निर्वाचन २०७४ मा वडा सदस्यको उम्मेद्वार समेत बनाएको थियो।