Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

टाइफाइडविरुद्धको खोप अभियान चैत २५ गतेबाट सुरु हुने 

टाइफाइडविरुद्धको खोप अभियान चैत २५ गतेबाट सुरु हुने 

images

इच्छाकामना न्युज

३, चैत्र २०७८
टाइफाइडविरुद्धको खोप अभियान चैत २५ गतेबाट सुरु हुने 
images

काठमाण्डौ, ३ चैत । सरकारले यही चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने निर्णय गरेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सङ्गिता कौशल मिश्राले १५ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने जानकारी दिनुभयो ।

उहाँले १५ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई खोप अभियानमा १ मात्रा र त्यसपछि नियमित खोप कार्यक्रममा यो खोप समावेश गरिने बताउनुभयो । उहाँले नेपालबाट टाइफाइड रोगको सङ्क्रमण र यसबाट हुने जटिलतालाई न्यूनिकरण गर्नका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारको समन्वय र सहकार्यमा देशभर एकैसाथ खोप अभियान सुरु गर्न लागिएको बताउनुभयो ।

समुदायमा टाइफाइड रोगविरुद्धको रोग प्रतिरोधात्मक क्षमता बढाउन अभियानको समयमा खोपको पहुँच ९५ प्रतिशत पु¥याउनुपर्ने भएकाले सबैलाई खोप अभियानमा लाग्न पनि सरकारले आग्रह गरेको छ । नेपालमा टाइफाइडविरुद्धको खोप पहिलो पटक लगाउन थालिएको हो ।

images
प्रकाशित मिति :चैत्र ३, २०७८ बिहिवार - ०९:१४:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology