Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

संसद्को हिउँदे अधिवेशन अन्त्य हुँदा महत्वपुर्ण विधेयक अलपत्र 

संसद्को हिउँदे अधिवेशन अन्त्य हुँदा महत्वपुर्ण विधेयक अलपत्र 

images

सिआईएन

३, चैत्र २०७८
संसद्को हिउँदे अधिवेशन अन्त्य हुँदा महत्वपुर्ण विधेयक अलपत्र 
images

सजना तिमल्सिना, काठमाडौँ, ३ चैत । विधेयक अधिवेशनको रुपमा रहेको संसद्को हिउँदे अधिवेशन अन्त्य हुँदा महत्वपुर्ण विधेयक अलपत्र परेको छ । मङ्सिर २८ गते सुरु भएको अधिवेशनमा जम्मा ७ घण्टा ५० मिनेट संसदीय काम कारबाही भएकामा प्रतिनिधिसभाका ११ र राष्ट्रिय सभाका दुईवटा मात्रै बैठक बसेको थियो ।

संसद्मा नागरिकता, लोकसेवा आयोग, नागरिक उड्डयन प्राधिकरणलगायत महत्वपूर्ण विधेयक थाती छन् । संसद् सचिवालयका अनुसार ५७ वटा विधेयक विचाराधीन छन्, यसमध्ये प्रतिनिधिसभामा ४२ र राष्ट्रिय सभामा १५ वटा रहेको संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

दशौँ अधिवेशनबाट ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ लगायतका केही अध्यादेश स्वीकृत भए । यस्तै अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन भयो ।

चालू अधिवेशन अन्त्यसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्धको महाअभियोग माथिको छलफल पनि अनिश्चित बनेको छ ।नवौँ अधिवेशनदेखि संसद् अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा एमालेले दशौँ अधिवेशनमा पनि त्यसलाई निरन्तरता दिएको थियो ।

एक सय ८७ दिनदेखि संसद् अवरोध हुँदा संसदीय काम कारबाही प्रभावित बनेकाले अधिवेशन अन्त्य गर्नुपरेको नेकपा माओवादी केन्दका प्रमुख सचेतक देव गुरूङको भनाइ छ । सत्तापक्ष र प्रतिपक्षले विभिन्न बहाना संसदलाई बन्धक जस्तै बनाउँदा, जनताको लागि गर्नुपर्ने कामहरु ओझेलमा परेका छन् । विधेयकमात्र नभइ जनतासँग सरोकार राख्ने अरु विषयमा पनि संसद्ले काम गर्न नसकेको संसद् सचिवालयका पूर्व सचिव मुकुन्द शर्माले बताउनुभयो ।

कोरोना र विशेष कारण देखाउँदै ९ वटा बैठक स्थगित भएको थियो । यसले दलहरू आफ्नो काम प्रति जिम्मेवार छैनन् भन्ने पुष्टि हुने सरोकारवाला बताउँछन् । 

images
प्रकाशित मिति :चैत्र ३, २०७८ बिहिवार - ०९:०६:५१ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology