Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

यसपटकको स्थानीय तहको निर्वाचनमा युवा जनप्रतिनिधि बढ्न सक्ने 

यसपटकको स्थानीय तहको निर्वाचनमा युवा जनप्रतिनिधि बढ्न सक्ने 

images

सिआईएन

३, चैत्र २०७८
यसपटकको स्थानीय तहको निर्वाचनमा युवा जनप्रतिनिधि बढ्न सक्ने 
images

उषा तामाङ, काठमाडौँ, ३ चैत । यसपटकको स्थानीय तहको निर्वाचनमा युवा जनप्रतिनिधि बढ्न सक्ने अनुमान गरिएको छ । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा दलहरू तीव्र तयारीमा लागिरहेका बेला कतिपय युवा उम्मेद्वारी घोषणा गरेर प्रचारप्रसारमा लागिसकेका छन् भने, कतिपय उमेद्वार बन्ने मनसाय बनाईरहेका छन् ।

नेपालका प्रमुख राजनीतिक दलको नेतृत्व पङ्क्तीमा युवा सहभागीता बढ्दै गएका कारण पनि यसपटकको स्थानीय तहको चुनावमा धेरै युवा आकाङ्क्षीको रुपमा छन् । २०७४ मा सम्पन्न सङ्घ, प्रदेश र स्थानीय तहको चुनावमा २१ देखि ४० वर्षभित्रका १४ हजार जनप्रतिनिधि निर्वाचित भएका थिए ।

नेपालको कानूनले १६ देखि ४० वर्ष उमेर समूहका व्यक्तिलाई युवा मानेको छ । अघिल्लो निर्वाचनबाट स्थानीय तहमा ४० वर्ष मुनिका १३ हजार ८ सय ९३ युवा विभिन्न पदमा निर्वाचित भएका थिए । जसमा ५२ जना मेयर, १ सय ११ उपमेयर, १ सय १२ अध्यक्ष र २ सय ३७ जना उपाध्यक्ष थिए । भने देशभरका ६ हजार ७ सय ४२ वडाध्यक्षमध्ये ४० वर्ष मुनीका २ हजार ३६ जना छन्् । यो सङ्ख्या यसवर्ष बढ्ने समाजशास्त्रका उपप्राध्यापक दिपेश घिमीरेले बताउनुभयो ।

निर्वाचन आयोगका अनुसार यसपटकको स्थानीय तहको चुनावमा करिव १ करोड ७७ लाखले मतदान गर्नेछन् जसमा १८ देखि ४० वर्ष उमेरसमूहका मतदाता करिव ८७ लाख ७० हजार छन् । 

images
प्रकाशित मिति :चैत्र ३, २०७८ बिहिवार - ०९:०२:२० बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology