काठमाण्डौं, ९ मंसिर ।
रुसका १ लाखभन्दा धेरै नागरिकलाई कोरोना विरुद्धको खोप लागाइएको छ। रुसले नै विकास गरेको कोरोना भाइरसविरुद्धको खोप एक लाखभन्दा धेरै नागरिकले लगाएका हुन्।
रुसले गएको अगष्ट महिनामा नै कोभिड–१९ विरुद्धको खोप स्पुतनिक–भी निर्माण गरिसकेको थियो। खोप प्रभावकारी रहेको भन्दै रुसले त्यसलाई प्रयोगमा ल्याएको हो। गएको अगष्ट ११ मा नै रुसले खोप प्रयोगमा ल्याएको बताइएको थियो। यसरी रुस कोभिड–१९ विरुद्धमा खोप लगाउने विश्वकै पहिलो देश भएको पनि बताइएको छ।
रुसका स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले आफ्नो देशका नागरिकलाई खोप लगाएको बारेमा भिडियो पनि बनाएको र त्यसको लिङ्क पनि संयुक्त राष्ट्रसङ्घलाई दिइएको विभिन्न संचारमाध्यमले जनाएका छन्। रुसमा २३ लाखभन्दा धेरै व्यक्तिलाई कोरोना भाइरसको संक्रमण भैसकेको छ।