गोरखा, १८ मंसिर
गोरखाको पालुड्टार नगरपालिका– ५ निवासि नेकपा गोरखाका युवा नेता , समाजसेवी एवम् उर्जाशिल व्यक्तित्व आशिष देवकोटाले जन्मदिनको अवसरमा युवा क्लव एवम् अशक्त परिवारलाई सहयोग गर्नुभएको छ।
पालुड्टार नगरपालिका–१ सातदोबाटोका युवाहरुलाई र वडा नम्बर –१० को जोगिडिही चन्द्र ज्योति युवा क्लवलाई खेलकुद सामग्री सहयोग गर्नु भएको छ। त्यसैगरि वडा नम्बर–४ बेल्टारका सानुबाबु भुझेलको अशक्त परिवार लाई खाध्य सामग्री सहयोग गर्नु भएको हो।
आफ्नो जन्म दिनको फजुल खर्च कटाएर गरेको सानो सहयोगले उहाँहरु लाई ठुलो मद्दत गर्ने अपेक्षा लिएको देवकोटाले बताउनु भयो ।
बिगतका दिनहरुमा पनि बिभिन्न अवसर पारेर यस्ता सामाजिक क्रियाकलापमा उहाँ सम्लग्न हुनुहुन्थ्यो।