Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

माओवादी निकट चार संगठनले भने- प्रकाशको ‘पिर’ झुट र भ्रामक, युट्युबबाट हटाएर माफी माग्न चेतावनी

माओवादी निकट चार संगठनले भने- प्रकाशको ‘पिर’ झुट र भ्रामक, युट्युबबाट हटाएर माफी माग्न चेतावनी

इच्छाकामना न्युज

३०, फाल्गुण २०७८
माओवादी निकट चार संगठनले भने- प्रकाशको ‘पिर’ झुट र भ्रामक, युट्युबबाट हटाएर माफी माग्न चेतावनी
images

काठमाडाैं, ३० फागुन । गायक प्रकाश सुपतकाे गीत 'पीर'काे विवाद श्रृंखला पेचिलाे बन्दै गएकाे छ । गत शुक्रबार रिलिज गरिएकाे याे गीतकाे म्युजिक भिडियाे आपत्तिजनक भएकाे भन्दै सत्तारुढ नेकपा माओवादी केन्द्रनिकट चार संगठनले तत्काल युट्युबबाट हटाएर माफी माग्न सपुतलाई चेतावनी दिएका छन् । 

images
images

जनक्रान्तिका घाइते तथा अपांग योद्धा संघका इन्चार्ज दिपेन्द्रकुमार पुन, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का अध्यक्ष अमृता थापा मगर, जनसांस्कृतिक महासंघका अध्यक्ष मातृका पोखरेल र प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटाले संयुक्त विज्ञप्ति जारी गर्दै  भनिएकाे छ, 'जनमुक्ति सेनाले गरेको योगदानप्रति अपमान गर्दै जनयुद्ध नै विद्रुपीकरण गर्न खोजिएको उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको घटनाप्रति हामी घोर आपत्ति प्रकट गर्दै तत्काल युट्युब च्यानलबाट हटाउन जोडदार माग गर्दछौं ।'

भिडियोमा माओवादीका पूर्वलडाकुलाई आफ्नो जीवन धान्नका लागि देह व्यापार र परस्त्रीगमनमा लागेको भ्रमपूर्ण दृश्य देखाइएको भन्दै उनीहरूले आपत्ति जनाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘भिडियोको सारवस्तु समग्रमा ऐतिहासिक जनआन्दोलन, दश वर्षे जनयुद्धमा होमिएका महिलालाई देहव्यापार र पुरुषलाई परस्त्रीगमनजस्तो अनैतिक कार्यसँग तुलना गर्नु÷जोड्नु अत्यन्तै दुखद र आपत्तिजनक छ । तसर्थ नितान्त पूर्वाग्रही, झुट र भ्रामक कार्यगर्नेउपर कानुनी कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौं ।'

images
प्रकाशित मिति :फाल्गुण ३०, २०७८ सोमवार - ०८:३१:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology