Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सन्देशमूलक ‘अ-गुड जोक’ सार्वजनिक

सन्देशमूलक ‘अ-गुड जोक’ सार्वजनिक

इच्छाकामना न्युज

२९, फाल्गुण २०७८
सन्देशमूलक ‘अ-गुड जोक’ सार्वजनिक
images

काठमाडौं, २९ फागुन । स्वामी आत्मो पुष्पको कथा र निर्देशनमा तयार भएको सर्ट फिल्म ‘अ-गुड जोक’ सार्वजनिक भएको छ । नाम र दाम कमाउन अरुलाई हानी गर्नुहुँदैन भन्ने सन्देशसहितको फिल्मले काठमाडौंमा कोठा भाडामा बस्ने महत्वकांक्षी मध्यमवर्गीय युवकको चरित्रको कथालाई देखाएको छ ।

images
images

फिल्ममा स्वामी आत्मो पुष्प, प्रतिक्षा खतिवडा, विपिन जैसवाल, रोहित कार्कीलगायतको अभिनय छ । बालकृष्ण लम्साल र चिरञ्जिवी विक निर्माता रहेको फिल्ममा भूपेन थापा मगरको छायांकन, नकुल खड्काको सम्पादन तथा पुष्प र प्रदीप केसीको पटकथा र संवाद छ ।

निर्देशक पुष्पले फिल्म ‘चङ्गा चेट’, ‘गोपी’, ‘दयारानी, ‘साङ्लो’, ‘मालिका’ र ‘कमिटमेन्ट ६० आवर’लगायतका फिल्ममा सहायक निर्देशकका रुपमा काम गरिसकेका छन् ।

 

 

images
प्रकाशित मिति :फाल्गुण २९, २०७८ आइतवार - ०९:२५:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology