आँबुखैरेनी, २५ फागुन । तनहुँको आँबुखैरेनी गाँउपालिका–४, संगमटोल स्थित नवनिर्मित पुलजीप युवा क्लब कार्यालयको मंगलबार उद्घाटन गरिएको छ । एक समारोहका बीच नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारीले झण्डैं ८ लाख रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको पुलजीप युवा क्लब कार्यालयको उद्घाटन गर्नुभएको हो ।
पुलजीप युवा क्लबका अध्यक्ष बिजय गुरुङ्गको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारी, आँबुखैरेनी गाउँपालिका अध्यक्ष गिर बहादुर थापा, नेपाली कांग्रेस तनहुँ जिल्ला उपसभापति देव कुमार श्रेष्ठ, नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य पवित्रा गौली, नेपाली कांग्रेस तनहुँ जिल्ला सचिव लक्ष्मी भक्त खनाल, नेपाली कांग्रेस तनहुँ जिल्ला सदस्य डम्बर अधिकारी, नेपाली कांग्रेस नि–वर्तमान तनहुँ जिल्ला सदस्य चिजा श्रेष्ठ, नेपाली कांग्रेस आँबुखैरेनी गाउँ पार्टीका सभापति बिष्णु बहादुर पन्त, नेपाली कांग्रेस देवघाटका युवा नेता अर्जुन अधिकारी, वडा नं. ४ का वडाध्यक्ष नेत्र बहादुर गुरुङ्ग लगाएतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा क्लबको भवन सफलतापुर्वक निर्माण कार्य सम्पन्न गराउन आर्थिक तथा जिन्सि सामान सहयोग गर्नुहुने विभिन्न संस्था तथा व्याक्तिहरुलाई प्रमुख अतिथि भण्डारीबाट प्रशंसा पत्र वितरण गरिएको क्लबका सचिव जय गुरुङले जानकारी दिनुभयो ।