Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्रेस सेन्टर गोरखाको आयोजनामा गण्डकी गाउँपालिकामा एक दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न

प्रेस सेन्टर गोरखाको आयोजनामा गण्डकी गाउँपालिकामा एक दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न

इच्छाकामना न्युज

२३, फाल्गुण २०७८
प्रेस सेन्टर गोरखाको आयोजनामा गण्डकी गाउँपालिकामा एक दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न
images

गोरखा, २३ फागुन । प्रेस सेन्टर नेपाल गोरखाको आयोजनामा गण्डकी गाउँपालिकामा एक दिने आधारभुत पत्रकारिता एवं क्षमता विकास तालिम सम्पन्न भएको छ । गोरखा जिल्लाका ११ वटै स्थानिय तहहरुमा तालिम सञ्चालन गरिने प्रेस सेन्टर नेपाल गोरखाका अध्यक्ष दान बहादुर गुरुङले बताए। 

images
images

तालिमको पहिलो दिन आज गण्डकी गाउँपालिकाको ८ वडावाट २० जनाको सहभागीता रहेको थियो । कार्यक्रमको प्रमुख अतिथीमा नेकपा माअ‍ेवादी केन्द्र गण्डकी प्रदेश समिति सदस्य दिपक तिमल्सिना (साकार), विशेष अतिथि प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य दिपक श्रेष्ठ (जलन), अतिथिहरुमा नेकपा माओवादी केन्द्र गण्डकी गा.पा. अध्यक्ष सिताराम रासाइली (मुक्ति), नेकपा माओवादी केन्द्र प्रदेश सदस्य एवं गण्डकी गा.पा. वडा नं ६ का अध्यक्ष जिवन गुरुङ, वडा नं ७ का अध्यक्ष तुलसी रेग्मी र वडा नं ८ का अध्यक्ष रामप्रसाद रेग्मीको आतिथ्यता रहेको थियो । 

कार्यक्रम इच्छाकामना गा.पा. ४ को मनकामना बेम्बो रिसोर्टमा भएको हो । तालिममा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य दिपक श्रेष्ठ (जलन) तथा इच्छाकामना एफ एमका पत्रकार सन्जय पोखरेलले प्रशिक्षण दिनु भएको थियो । 

आजै तालिम पश्चात रोजन रेग्मीको संयोजकत्वमा १५ सदस्यीय प्रेस सेन्टर नेपाल, गण्डकी गाउँपालिका शाखा गठन गरिएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २३, २०७८ सोमवार - २२:५०:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology