Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

रविन तामाङले गाए ‘चिसो एष्ट्रे’

रविन तामाङले गाए ‘चिसो एष्ट्रे’

इच्छाकामना न्युज

२१, फाल्गुण २०७८
रविन तामाङले गाए ‘चिसो एष्ट्रे’
images

काठमाडौं, २१ फागुन । गायक रविन तामाङको स्वरमा फिल्म ‘चिसो एष्ट्रे’को शीर्ष गीत ‘चिसो एष्ट्रे’ सार्वजनिक भएको छ । अंग्रेजी भर्सनको गीतमा रविनकै शब्द तथा संगीत छ । दिनेश पाल्पाली निर्देशित फिल्ममा उनको अभियन पनि हेर्न पाइनेछ ।

images
images

केही समयअघि उनले अमेजन प्राइममा प्रसारण भएको हिन्दी सिरिज ‘दि लास्ट आवर’मा मुख्य भिलेनको भूमिका निर्वाह गरेका थिए । शीर्ष गीत शुक्रबार नेपाल फिल्म क्याम्पसका विद्यार्थीबीच सार्वजनिक गरिएको थियो । गीतले युवाहरुको जीवन शैलीलाई अभिव्यक्त गरेको छ ।

फिल्मले देखाउन खोजेको कुरालाई गीतले संक्षेपमा प्रस्तुत गर्ने प्रयास गरेको गायक तामाङले बताए । ‘दिनेशले बनाएको फिल्मलाई मैले गीतमा समअप गरेको हो । धेरैपछि आफ्नो गीत सार्वजनिक हुँदा एक्साइटेड फिल गरिरहेको छु’ उनले भने ।

फिल्मको टिम र फिल्म कलेजका विद्यार्थीबीच अन्तक्र्रिया भएको थियो । फिल्म होलीको भोलिपल्ट अर्थात चैत ४ मा रिलिज हुँदैछ ।

images
प्रकाशित मिति :फाल्गुण २१, २०७८ शनिवार - ०९:१०:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology