Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

गठबन्धन टुट्ने अवस्था आएपछि एमसीसी पारित गर्नु परेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइ

गठबन्धन टुट्ने अवस्था आएपछि एमसीसी पारित गर्नु परेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइ

इच्छाकामना न्युज

२०, फाल्गुण २०७८
गठबन्धन टुट्ने अवस्था आएपछि एमसीसी पारित गर्नु परेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइ

काठमाण्डौ, २० फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएरै भएपनि एमसीसी पास गर्न खोजेपछि गठबन्धन भित्र छलफल गरेर व्याख्यात्मक घोषणामा सहमति जुटाउनु परेको दाबी गर्नुभएको छ ।

images

माओवादी परिमार्जन बिना एमसीसी पास गर्ने पक्षमा नभएपनि गठबन्धनलाई जोगाउनका लागि व्याख्यात्मक घोषणामा सहमति भएको उहाँको भनाइ थियो । अध्यक्ष प्रचण्डले आज केन्द्रीय समिति बैठकमो एमालेको योजना अनुसार प्रधानमन्त्री ढल्किँदा गठबन्धनमा खटपट भएपनि व्याख्यात्मक घोषणा सहितको एमसीसी पास भएपछि गठबन्धन जोगिएको बताउनुभएको थियो ।

एमसीसी पारित गर्न सघाएको बिषयलाइ लिएर नारायण काजी श्रेष्ठ खेमाका नेताहरू असन्तुष्ट बनेका छन् । नेता श्रेष्ठ र प्रचण्ड बीचमा यसबारेमा सहमति नजुट्दा पार्टी फुट्ने सम्मको स्थिति आएपछि एकताका लागि प्रचण्ड आफै जुट्नुभएको थियो ।  

व्याख्यात्मक घोषणासहितको एमसीसी अमेरिकाले स्वीकार गरेको दाबी गर्दै प्रचण्डले बीचमा कुनै समस्या आए त्यसलाई तोड्न सकिने अवस्था रहेको पनि आजको बैठकमा बताउनुभएको थियो । तर आजको बैठकमा पनि नेताहरूले एमसीसी पारित गरेकोमा असमति नै राखेका छन् । यसैबीच, बैठकमा नेता नारायणकाजी श्रेष्ठले पार्टीभित्र व्यक्तिवादी प्रवृत्ति हावी भएको भन्दै अध्यक्ष प्रचण्डको आलोचना गर्नुभएको छ ।

बैठकमा लिखित धारणा प्रस्तुत गर्दै नेता श्रेष्ठले पार्टीभित्रको वैचारिक संस्कृतिमा गम्भीर विचलन आएको टिप्पणी गर्नुभयो । श्रेष्ठले पार्टी इतिहासकै गम्भीर मोडमा रहेकोले गल्ती गर्ने छुट कसैलाई नभएको समेत बताउनुभएको छ । आजको बैठक बैठक पर्सी आइतबारसम्म स्थगित भएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २०, २०७८ शुक्रवार - १९:२९:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology